मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

रोहिणीको मुहार फेर्न विकासका पूर्वाधार र लालपुर्जाको समस्या तत्काल हल गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

Ujyalosandeshonline 12450+ समाचार ( )
२२ श्रावण २०८३, शुक्रबार

भैरहवा । रूपन्देहीकाे रोहिणी गाउँपालिकामा आयोजित गाउँ ब्लक जग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वाधार विकास मन्त्री सुनील लम्सालले स्थानीय समस्या समाधान र गाउँपालिकाको सर्वपक्षीय विकासका लागि प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।

सम्बोधनका क्रममा मन्त्री लम्सालले वडादेखि जिल्ला तहसम्मका जनप्रतिनिधि तथा नेतृत्व वर्गलाई नागरिकको सेवामा सक्रिय भएर लाग्न आग्रह गर्नुभयो। नागरिकलाई पर्ने जुनसुकै समस्या समाधान गर्न मन्त्रालय तयार रहेको स्पष्ट पार्दै उहाँले पालिका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूलाई सम्बन्धित प्रमुख जिल्ला अधिकारी र नापी कार्यालयसँग आवश्यक समन्वय गरेर काम गर्न निर्देशन दिनुभयो।

गाउँ ब्लकको जग्गाधनी पुर्जा वितरण कार्य सामान्य र सहज रूपमा हल हुने विषय भएको उल्लेख गर्दै मन्त्री लम्सालले व्यवस्थित बसोबासी, भूमिहीन तथा जग्गासम्बन्धी सम्पूर्ण जटिल समस्याहरूको दीर्घकालीन समाधानका लागि नयाँ विधेयक ल्याउने अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो।

यसैगरी, रोहिणी गाउँपालिकाको मुहार फेर्ने गरी बजेटमार्फत आवश्यक आधार तयार पारिसकिएको दाबी गर्दै उहाँले यहाँका विद्यालय, खानेपानी तथा स्वास्थ्य चौकीहरूको स्तरोन्नति गरिने बताउनुभयो। गाउँ–गाउँका सडकहरूको मर्मतसम्भार र कालोपत्रे (पिच) गर्ने योजना रहेको उल्लेख गर्दै उहाँले अर्को सालदेखि यस क्षेत्रमा डुबानको समस्या पूर्ण रूपमा अन्त्य हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीयस्तरका समस्या र नागरिकका गुनासोहरू प्रत्यक्ष रूपमा सुनेर नीतिगत समाधान खोज्नका लागि आगामी असोज महिनाभरि मन्त्री लम्साल आफैँ रोहिणी गाउँपालिकामै बसेर मन्त्रालय सञ्चालन गर्ने र कार्यालय स्थापना गर्ने घोषणा समेत गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार