मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

होली खेल्ने तयारीमा हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

Ujyalosandeshonline 12547+ समाचार ( )
७ चैत्र २०८०, बुधवार

काठमाडौं । रंगहरुको पर्व होली एकदमै नजिक आइसकेको छ । नेपालमा पहाडी क्षेत्रमा आइतबार र तराईंका क्षेत्रमा सोमबार होली पर्व मनाइने छ । 

होली रंग र खुशीको पर्व हो । सबैलाई एकअर्कामा रङ दल्ने र एकअर्कामा आपसी भाइचाराको पर्वको रुपमा लिइन्छ । तर, कतिपयलाई रङको एलर्जी पनि हुन्छ । 

यसैगरी रंगहरूमा पाइने विषाक्त पदार्थहरू तपाईं हाम्रो मुख, नाक, कान आदिमा पर्दा यसले जोखिम पनि हुने भएकाले सभ्य तरिकाले होली पर्व मनाउनका लागि सार्वजनिक अपिल पनि गरिएको छ ।

होलीको पूर्वसन्ध्यामा पनि मानिसहरु भेला भएर आगो बाल्ने  (होलिका दहन) गर्दछन् । त्यसरी आगो बाल्दा धुवाँका कणका कारण फोक्सोमा असर गर्दा स्वास फेर्न पनि अप्ठेरो हुने गर्छ ।

होली खेल्न प्रयोग गरिने कृत्रिम रङ र विशेषगरी सुक्खा रंगमा विषाक्त रसायन र मट्टितेल हुन्छ जसले दमको रोग निम्त्याउन सक्छ । सबै परम्परागत रङहरूमा हानिकारक तत्वहरू हुन्छन् जसले धेरै स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने भएकाले ख्याल गर्नका लागि चिकित्सकहरुले पनि अनुरोध गरेका छन् ।

होली खेल्दा ध्यान दिनुपर्ने कुराहरु

१.फेस मास्क लगाउने

दम वा अन्य कुनै रोग लागेका बिरामीले होली खेल्दा अनुहारमा मास्क लगाउनुपर्छ । तपाईंले नाक र मुख छोपिए पनि सास फेर्न सक्ने हुनुपर्छ भन्ने कुरामा ध्यान दिनुहोस् ।  

२. रङ संग खेल्नु हुँदैन

होली रङको पर्व भए पनि अस्वस्थ मानिसहरुले सावधानी अपनाउनुपर्छ । मानिसहरूले हावामा सुक्खा रङहरू फ्याँकेका हुन्छन्, जसले कहिलेकाहीँ श्वासप्रश्वाससम्बन्धी रोगहरूबाट पीडित मानिसहरूलाई समस्या बनाउँछ । रंगहरूमा पाइने रसायनहरूले हाम्रो नाकको भित्री भागलाई जलन गराउँछ । बेसार, गुलाब पाउडर, चुकन्दर र अन्य धेरै सामग्रीहरू जस्ता प्राकृतिक विकल्पहरू प्रयोग गरेर होली खेल्ने गर्दा केही हदसम्म यसबाट बच्न पनि सक्छि । चिकित्सकहरुले पनि कृत्रिम रंगको सट्टा प्राकृतिक र अर्गानिक रंगले होली खेल्न सुझाव दिने गरेका छन् ।

३. जाँड रक्सीको सेवन नगर्नुहोस्

रंगहरुको यो पर्व मनाउन कतिपयले जाँड रक्सीको प्रयोग गर्छन् । जाँड रक्सीको सेवनले यसै पनि स्वास्थ्यमा समस्या गर्ने भएकाले यसको विकल्पमा घरमा बनाएको फलफूल र तरकारीको जुस प्रयोग गर्दा स्वास्थ्यलाई पनि राम्रो गर्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार