मुख्य समाचार
हुम्लामा हिमपातले जनजीवन प्रभावित | कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक | नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा |

बाह्रकुने दहलाई पर्यटन सर्किट संग जोड्ने योजना

Ujyalosandeshonline 12466+ समाचार ( )
१३ कार्तिक २०८१, मङ्गलबार

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्य दाङको प्रशिद्ध धार्मिक तिर्थस्थल बाह्रकुने दह पुग्नु भएको छ । लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगत निर्माण भइरहेका पर्यटकीय पूर्वाधारको अवलोकनका लागि मुख्यमन्त्री आचार्य मंगलबार बाह्रकुने दह पुग्नु भएको हो । 

स्थानीय बासिन्दा, बाह्रकुने दह व्यवस्थापन समितिका पदाधिकारीहरु संग समेत मुख्यमन्त्री आचार्यले छलफल गर्नु भएको छ । घोराही उपमहानगरपालिका–१३ मा बाह्रकुने दह रहेको छ । यो दहमा १२ वटा कुनाहरु भएको हुनाले यसको नाम ‘बाह्रकुने दह’ रहन गएको भनाई छ । सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने दहको सौन्दर्य अतुलनीय छ । लुम्बिनी प्रदेशको एउटा नमुना दहको रुपमा रहेको छ । यो धार्मिक एवम् पवित्र स्थल पनि हो । 

यहाँ माघेसङ्क्रन्तिको दिन ठूलो मेला लाग्ने गर्दछ । मुख्यमन्त्री आचार्य सहित बाह्रकुने दह क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको अवलोकनको लागि उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्डविक्रम न्यौपाने, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सिता शर्मा, पूर्व स्वास्थ्य मन्त्री राजु खनाल लगायतको सहभागिता रहेको छ । लुम्बिनी प्रदेशलाई पर्यटन सर्किट निर्माण गरेर एक आपसमा जोड्ने संकल्प प्रदेश सरकारले लिएको छ ।

त्यही संकल्प अन्तरगत पर्यटन पूर्वाधारहरुको निर्माण गरिन थालिएको छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुमा पु¥याउने र धेरै दिनको भ्रमण गराउनेगरी पर्यटन सर्किटको अवधारणा अघि सारिएको हो । प्रदेश सरकारले यस बर्ष घुमौं बर्दियाको अभियान पनि चलाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार