मुख्य समाचार
पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक | अधुरा आयोजनाका लागि बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिस | नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल |

राजावादीहरुले हाम्रो सभ्यता र संस्कृति ध्वस्त पार्न खोजेका छन् : प्रधानमन्त्री ओली

Ujyalosandeshonline 11435+ समाचार ( )
२६ फाल्गुन २०८१, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्खाले लामो समय लगाएर रचना गरेका सभ्यता संस्कृति ध्वस्त पार्न खोजेको बताएका छन् ।

सोमबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले पूर्वराजा शाहले सभ्यता संस्कृति ध्वस्त पार्न खोजेको भन्दै कदापी त्यो पूरा हुन नदिने बताएका हुन् । साथै राजनीति गर्न मन छ भने राजनीतिमा आउनको लागि समेत सुझाए ।

‘हिजो देख्नुभयो नारा देख्नुभयो, फोटा देख्नुभयो । सिङ्गो समाजलाई नै अस्वभनिय बनाउने प्रयास भइराखेका छन् ।  त्यो त केपी ओलीले गरेको भन्छन् । मेरा विरुद्ध तथानाम अस्लील नारा लगाइराखेका थिए । त्यो पनि मैले नै लगाएको हो कि । संविधान व्यवस्था नमान्ने, लोकतन्त्र नमान्ने प्रणाली नमान्ने, आजको जमानामा जनता रैति भएर बस्दीन पर्ने कस्तो हुकुम प्रमाणीयको झल्को आएको । संविधान नमान्ने अरे ।’ उनले भने, ‘राजनीति गर्न मन छ भने आउनुहोस् । र तर संविधान, कानुन नमान्ने जहिले पनि यो देशलाई अस्थिरतामा नै लैजाने ?हाम्रो पुर्खाले यत्रो समय लगाएर रचना गरेका सभ्यता संस्कृति ध्वस्त गर्ने ? त्यस्ता कुरा हुन दिँदैनौं रोक्नुपर्छ हामीले ।’

त्यस्तै, उनले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको पनि सुनाए । उनले सरकारले तिर्न नसक्ने  बालबालिकालाई निःशुल्क शिक्षा दिने दायित्व लिने र यसमा निजी क्षेत्रको पनि साथ लिने स्पष्ट पारे  ।

उनले भने, ‘शिक्षा क्षेत्रमा तपाईंहरु लगानी गर्नुस् । नियम, कानुन बमोजिम सम्पत्तिको हकको प्रयोग गर्नुस् । यो उद्योग होइन । अत्यधिक मुनाफा ननिकाल्नुस् लगानी गरेर स्वदेशमै गुणस्तरीय शिक्षा दिनुस् । दक्ष र कुशल नागरिक उत्पादन गर्नुस् । लगानी गरेपछि कानुनले नाफा लिन पाइन्न भन्दैन । सेवा दिनुस् तर तपाईंहरु जोगी पनि नहुनुस् ।’

प्रधानमन्त्री ओलीले विद्यार्थीलाई देशभक्ति, स्वाधीनता, वीरताको इतिहास सिकाउन र अरुको दान दक्षिणामा भर नपरी आफ्नै पाखुरामा विश्वास गर्न जोड दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार