मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

कञ्चनमा डेंगी नियन्त्रणका लागि ‘लामखुट्टेको बासस्थान खोजौं र नष्ट गरौं’ अभियान

जगीलाल थापा 30+ समाचार ( )
२७ श्रावण २०८२, सोमबार

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकामा डेंगी तथा जापनिज इन्सेफ्लाइटिस जस्ता कीटजन्य रोगहरुको नियन्त्रणका लागि "लामखुट्टेको बासस्थान खोजौं र लार्भा नष्ट गरौं" अभियान सञ्चालन गरिने भएको छ। कञ्चनका ५ वटै वडाहरुमा स्थानीय समुदाय, संघसंस्था, जनप्रतिनिधि र कर्मचारीहरुको बृहत् सहभागितामा यो अभियान अघि बढाइने स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्य शाखा प्रमुख ढाल बहादुर जि.सी.का अनुसार, अभियान अन्तर्गत असोज मसान्तसम्म हरेक हप्ताको शनिबार टोल, बस्ती, विद्यालय, सरकारी कार्यालय र ग्यारेज जस्ता स्थानहरुमा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गरिनेछ।

यसैगरी, प्रमुख प्रशासकीय अधिकृत माधवराज पाख्रेलले हरेक शुक्रबार बिहान १० बजे १० मिनेट सरसफाई कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। यस अभियानमा विद्यालय स्तरमा स्वास्थ्य शिक्षा कार्यक्रम, स्थानीय सञ्चारमाध्यमबाट जनचेतनामूलक जिङ्गल प्रसारण र प्रचारप्रसार जस्ता कार्यक्रमहरु पनि समावेश गरिएको छ। अभियानको मुख्य उद्देश्य कञ्चनलाई डेंगीमुक्त पालिका बनाउनु रहेको सहभागीहरुले प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार