मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

साई ग्लोबल कपः युनिक होम र युसिएमएस विजयी

Ujyalosandeshonline 12546+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

भैरहवा । युनिक होम र युसिएमएसले साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगिता मा जित निकालेका छन् । बिहीबार भएका दुई खेलमध्ये पहिलो खेलमा युनिक होमले इडेन इङ्गलिस बोर्डिङ स्कूललाई ८ विकेटले हराउँदै जित हात पार्यो । यस्तै, दोस्रो खेलमा युसिएमएसले गिर्भाना सरस्वतीलाई १ सय ४ रनको विशाल अन्तरले पराजित गरी विजयी भयो ।

भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको इडेनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनायो । उसका लागि हिमाल कुँवरले २४, रिषभ दंगोरियाले १५, बिशाल भुसाल र विपिन श्रीसले समान १३ रन र कुशल थापाले ११ रन बनाए । बलिङमा युनिक होमका सविर आलमले ३ तथा इकलाख वारिस र अरुण सिंकले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको युनिक होमले १६ ओभर ५ बलमा २ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदै सहजै जित हात पार्यो । उसको जितमा निश्चल चौधरीले अविजित ७६ रनको अर्धशतकीय पाराी खेले । यस्तै, इकलाख वारिसले नटआउट १० रन जोडे । बलिङका इडेनका राजन आलेले १ विकेट लिए । खेलमा निश्चल चौधरी प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको युसिएमएस भैरहवाले निर्धारित खेलमा ८ विकेटको नोक्सानीमा १ सय ६४ रनको बलियो योगफल खडा गर्यो । उसका लागि अजित यादवले ५३, सलिम अलीले २८ र मोहम्मद सरवारले अविजित १८ रन बनाए । बलिङमा गिर्भानाका खेमु लोधले ४, सुमन गैह्रे, कमल अधिकारी, निरज अधिकारी र सुमित भट्टराईले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको गिर्भाना १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै जम्मा ६० रन बनायो र हार व्यहोर्यो । उसका लागि खेमु लोधले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुलन सकेनन् । बलिङमा युसिएमएसका अजित यादवले ३, मोनउश्री यादव र नितिनकुमार झाले २–२ तथा सफिउल्लाह खान र अभिषेक न्यौपानेले १–१ विकेट लिए । खेलमा अजित यादव प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनामा प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेता टिमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार