मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

छुटेका आठ नेपाली विद्यार्थी बंगलादेश जान पाउने

Ujyalosandeshonline 12457+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बंगलादेश सरकारले चिकित्सा शिक्षा अध्ययनका लागि दिने छात्रवृत्तिमा छुटेका आठ नेपाली विद्यार्थी पढ्न जान पाउने भएको बताएकी छन् । 

सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको बैठकमा उनले बाङ्गलादेशमा गएका नेपाली विद्यार्थीहरुको कुरा गर्दै छुटेको विद्यार्थीले पढ्न पाउने जानकारी दिंदै परराष्ट्रमन्त्री, परराष्ट्र निकाय र मन्त्रालयका अधिकारीहरुलाई धन्यवाद दिएकी छन् । 

उनले भनिन्, ‘हामीले जतिजना विद्यार्थीहरुलाई बंगलादेश छनोट गरेर पठाएका थियौ त्यसमध्ये २२ जनामा दुई जनाले वेबसाइटमा गएर अप्लाइ गर्नुपर्ने थियो । त्यो नगर्नु भएको रहेछ, र हाम्रो निरन्तर वार्तामार्फत समस्या समाधान गरेका छौं । परराष्ट्र मन्त्री र परराष्ट्र निकाय र मन्त्रालयका साथीहरुलाई धन्यवाद दिन चाहन्छु । पहिला १२ जना छानिएको थियो, आठ जना जसले अप्लाइ गर्नुभएको थियो । उहाँहरुले पनि पढ्न पाउने भएको छ ।’

बंगलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्न जान नेपाल सरकारबाट १९ जना एमबीबीएस र तीन जना बीडीएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेश पठाएको थियो । 

सोमबारकै बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल भएको थियो । उक्त विषयमा भने सभापति अम्मर बहादुर थापाले विश्वविद्यालय बनाउने कुरा सजिलो नभएको भन्दै यसमा गहन छलफल आवश्यक भएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार