मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

जाजरकोट भूकम्प अपडेट : ज्यान गुमाउनेको संख्या १२९ पुग्यो, जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

Ujyalosandeshonline 12546+ समाचार ( )
१८ कार्तिक २०८०, शनिबार

काठमाडौं ।  जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर गएराती गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२९ पुगेको छ । भूकम्पमा गरी जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको पुष्टि भएको छ। रुकुम पश्चिममा ३६ जनाको ज्यान गएको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माका अनुसार साँढे सात बजेसम्ममा ९२ जनाको मृत्यु पुष्टि भैसकेको छ। थप विवरण संकलन भईरहेको भन्दै शर्माले मृतकको संख्या बढ्न सक्ने बताए। 

उनले भने ‘सूचना संकलन कार्य चलिरहेको छ । अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको छ । सबैभन्दा बढी ४७ जना नलगाड नगरपालिकाका परेका छन् । ’

यस्तै रुकुम पश्चि र जाजरकोटमा गरी १४० बढी घाइते भएका छन् । जाजरकोट जिल्ला अस्पतालमा मात्रै ५५ जनाको उपचार भईरहेको छ । ८ जनालाई सुर्खेत पठाइएको  शर्माले जानकारी दिए । 

केन्द्रिय प्रहरी प्रवक्ता कुवेर कडायतले जाजरकोटमा ९२ र रुकुममा ३७ जनाको ज्यान गएको पुष्टि गरे । 

उनले भने ‘कतिपय ठाउँमा सुरक्षाकर्मी समेत पुग्न कठिन भएको छ । पहाडि इलाका भएकाले अहिले नै क्षतिबारे प्रष्ट भन्न सकिने अवस्था छ्रैन् । ’ सडक अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा पुग्न समेत कठिन भएको छ भने सञ्चार सम्पर्क स्थापित गर्न समेत कठिन भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार