मुख्य समाचार
ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ | अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह | राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा | मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन | औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी | ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह | डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु | ‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक |

कांग्रेसको अठोट सद्भाव, सुशासन र समुन्नति होः महामन्त्री शर्मा

रासस 585+ समाचार ( )
२७ पौष २०८२, आइतबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको अबको अठोट सद्भाव, सुशासन र समुन्नतिको बाटो भएको बताउनुभएको छ । कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले महाधिवेशन प्रतिनिधि अनुशासित भएकाले देशको र पार्टीको हितमा विवेकमा निर्णय गर्ने बताउनुभयो ।

महामन्त्री शर्माले महाधिवेशनले आवेगमा होइन विवेकमा निर्णय गर्ने बताउनुभयो ।  विशेष महाधिवशेनबाट पार्टी नफुट्ने विश्वास दिलाउँदै उहाँले भन्नुभयो, “पार्टी विभाजित गर्ने होइन अझ सशक्त बनाउने हो । हामी सिङ्गो कांग्रेस र देशको नेतृत्व गर्ने दृढता व्यक्त गर्दछौँ ।” महामन्त्री शर्माले नेतृत्वको लोकप्रियता स्थापित गर्दा ‘ग्रेसफुल एक्जिट’ पनि अनिवार्य हुने बताउनुभयो । उहाँले हामीले आफूले गरेको कर्मको श्रेय पनि लिनुपर्ने र कमजोरी पनि सच्याउनुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री शर्माले जेनजी आन्दोलनपछि बदलिएको अवस्थामा मनलाई जोड्न बदलिएर अघि बढ्न सङ्कल्प गर्नुपर्ने बताउनुभयो । अबको परिस्थितिमा कांग्रेस नवीन सन्देशका साथ अघि बढ्न र कांग्रेसले नै जेनजी आन्दोलनका क्रममा नवयुवाबाट मागिएको सुशासनलाई सम्बोधन गर्ने ल्याकत राख्ने उहाँको भनाइ थियो । जेनजी आन्दोलनका उपलब्धिलाई नजरअन्दाज गर्न नहुने धारणा व्यक्त गर्दै महामन्त्री शर्माले उक्त आन्दोलन गत भदौ २३ गते गुमेका जीवनका बारेमा र भदौ २४ को घटनालाई पनि गम्भीर रूपमा लिएर छानबिन गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले पार्टीमा रुपान्तरणको विषय उठे पनि नेतृत्वले बेवास्ता गरेका कारण पनि आज कार्यकर्ता जागरुक भएको बताउनुभयो । सरकारमा बस्नेहरुले जनतालाई विश्वास जगाउन असफल भएको उल्लेख गर्र्र्दैै उहाँले सेवाग्राहीले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन नसक्दा जेनजी आन्दोलन भएको धारणा व्यक्त गर्नुभयो ।

विशेष महाधिवशेनमा जनजीविकाका त्यस्ता विषयलाई बन्द सत्रमा छलफल गर्ने बताउँदै उहाँले जनताको असन्तुष्टिका विषयमा छलफल गरी सङ्कल्प गरेर अघि बढ्ने अठोट व्यक्त गर्नुभयो । महामन्त्री शर्माले कांग्रेसको नीतिमार्फत निजी क्षेत्रमा भएका उपलब्धिबारे अवगत गराउँदै निजी क्षेत्रलाई प्रोत्साहनका लागि आगामी दिनमा थप गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार