सुक्रौलीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी हवल्दारको मृत्यु

Ujyalosandeshonline 11139+ समाचार ( )
२९ अशोज २०८१, मङ्गलबार

परासी । पश्चिम नवलपरासीको सुक्रौलीमा भएको सवारी दुर्घटनामा एक प्रहरी हवल्दारको मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घटनामा नेपाल प्रहरीका हवल्दार चुरामणी भट्टराईको मृत्यु भएको हो । 

भैरहवा – परासी सडक खण्ड अन्र्तगत रामग्राम नगरपालिका, १५ सुक्रौली स्थित हुलाकी सडकमा ना ५ ख २२५५ नम्बरको ट्रकले लु ९२ प ३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भट्टराई घाइते भएका थिए ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सुनवल नगरपालिका १३ घ्युडल्लाका भट्टराईको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना पछि स्थानीयले हुलाकी सडकमा नाराबाजी गर्दै केही समय सडक अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार