मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

Ujyalosandeshonline 12548+ समाचार ( )
९ माघ २०८१, बुधवार

काठमाडौं । सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति को बैठकले अस्वाभाविक रूपमा सिमेन्टमा अस्वभाविक मूल्यवृद्धि देखिएको भन्दै विस्तृत अध्ययन र विश्लेषण गरी तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लाई निर्देशन दिने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

उनले भने,‘सिमेन्टमा मूल्यवृद्धि प्रथम दृष्टिमा अस्वभाविक देखिएकोले विस्तृत अध्यन विश्लेषणगरी तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न समितिको यो बैठक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा सम्बन्धित निकायलाई निर्देशन गर्दछ ।’ त्यस्तै सिमेन्ट उद्योगमा लोडसेडिङ भएको जानकारी आएकोले सो विषयमा के भएको हो भनि सम्बन्धित उर्जा मन्त्रालयसँग जवाफ माग्ने निर्णय भएको पनि उनले जानकारी दिए । उनले भने,‘ सिमेन्ट उद्योगमा लोडसेडिङ भएको जानकारी आएकोले सो विषयमा के भएको हो सम्बन्धित उर्जा मन्त्रालयसँग जानकारी माग गर्ने भन्ने पनि निर्णय गरिएको छ ।’

त्यस्तै बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट उत्पादक र निर्माण व्यवसायीसँग समन्वय र छलफल गरेर यससम्बन्धी समस्याको समधान चाँडै गर्ने प्रतिवद्धता जनाए ।
यस्तै नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले ४०० पर्ने सिमेन्टलाई ८०० बनाउनुपर्ने के सङ्कट आइलाग्यो भन्दै प्रश्न गरे । उनले भने, ‘अचानक के सङ्कट आइलाग्यो ४०० पर्ने सिमेन्टलाई ८०० बढाउने ?’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै