नेपाली सेनाले सुरु गर्यो खुर्कोट बेलीब्रीजको मर्मत कार्य

Ujyalosandeshonline 11139+ समाचार ( )
२४ श्रावण २०८२, शुक्रबार

रामेछाप। रामेछापका साथै दोलखा, ओखलढुङ्गा र सोलुखुम्बुका केही भागलाई राजधानी काठमाडौं सँग छोटोदूरीमा जोड्ने सडकको खुर्कोटमा जडान गरिएको बेली ब्रीजको मर्मत कार्य नेपाली सेनाले सुरु गरेको छ ।

पुलमा लचकपन देखिनु, नट बोल्ट खुकुलो हुनु र पाता हल्लिन थालेपछि बिहीबार देखि मर्मत कार्य अघि बढाइएको हो । खड्ग दल गण रामेछापको समन्वयमा बर्दिबासस्थित श्री काली सिद्धीगणबाट खटिएको नेपाली सेनाको इन्जिनियरिङ युनिटले मर्मत मर्मत कार्य भइरहेको छ।

पुलको नियमित अनुगमन का क्रममा देखिएको समस्या समाधान गर्न मर्मत प्रक्रिया थालिएको जनाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले बताए । थापाका अनुसार बेलीब्रीजमा प्रयोग गरिएका थुप्रैनट–बोल्टहरू लुज भएका छन् ।लुज भएका नट–बोल्ट कस्ने र आवश्यक परे नयाँ फेर्ने काम भइरहेको छ।

सवारी आवा गमनमा लामो समय अरोधन हुने गरी पुल मर्मतको काम भइरहेको थापाले बताए। ‘पुलमा कुनै क्षति नभएको भएपनि समय समयमा मर्मत आवश्यक पर्छ सोही अनुसार अहिलेको मर्मत भएको हो, केही घण्टा काम गर्दैआएका सवारी साधनलाई पास गर्दै पठाउने गरी मर्मतको काम भइरहेको छ’, उनले भने।

गत वर्षको असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले पुलको ५१ मिटर भाग बगाएपछि उक्त बेली ब्रीज राखिएको हो । गत कात्तिक ६ गतेदेखि सो बेलिब्रिज सञ्चालनमा ल्याइएको हो ।नेपाली सेनाले आपतकालीन अवस्थाको मूल्यांकन गरी छोटो समयमा बेलीब्रीज जडान गरेको थियो । खुर्कोट पुल रामेछापर सिन्धुलीको भौगोलिक सीमानामा रहेको महत्वपूर्ण पूर्वाधार हो ।जसले पहाडी जिल्ला इतराइर राजधानी काठमाडौंसँग जोडेको छ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार