मुख्य समाचार
‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’ | कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह | मेडिकल व्यवसायी प्रसाईं थुनामुक्त | धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो |

कांग्रेस सधैँ पहिचानको पक्षमा : शेखर कोइराला

Ujyalosandeshonline 11907+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस सधैँ पहिचानको पक्षमा रहेको बताएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति सुन्दरहरैँचाको प्रथम नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले पहिचानको मुद्दालाई कांग्रेसले जति कसैले नउठाएको दाबी गरे ।

‘कांग्रेसले विगतदेखि नै ‘द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने’ भन्दै आएको छ,’ उनले भने, ‘पहिचानका नाममा समाजमा फाटो ल्याउने होइन भएका अलिअलि कहींकतै तुष छन् भने त्यसलाई पनि मेट्ने पहिचानको पक्षमा कांग्रेस छ ।’

प्रतिनिधिसभाका सांसदसमेत रहेका नेता कोइरालाले पहिचानका नाममा समाजलाई भत्काउने र द्वन्द्व बढाउने क्रियाकलाप कतैबाट पनि हुन नहुने बताए । 

देशमा भ्रष्टाचार मौलाएको बताउँदै नेता कोइरालाले भ्रष्टाचारविरुद्ध सबै लाग्नुपर्नेमा जोड दिए । उनले संघीयदेखि स्थानीय तहसम्म भ्रष्टाचार मौलाएको दाबी गरे ।

‘सरकारले जनतालाई सुशासनको अनुभूति दिन सकेको छैन,’ कोइरालाले भने, ‘‘सुशासन बिना देशको विकास सम्भव छैन । सबैभन्दा पहिले तीनै तहको सरकारले सुशासन कायम गर्न लाग्नुपर्छ ।’

भ्रष्टाचार र व्यथितिकै कारण जनता निराश बन्दै गएको नेता कोइरालाले बताए । ‘पछिल्लो समय युवाहरुमा यो देशमा केही हुँदैन, यहाँ बस्नु बेकार छ भन्ने सोच देखिएको छ,’ कोइरालाले थपे, ‘उनीहरुमा आशा जगाउनु जरुरी देखिन्छ ।’

नेता कोइरालाले हरेक क्षेत्रमा अराजकता बढ्दै गएकोमा चिन्तासमेत व्यक्त गरे । राजनीतिमा मात्रै नभएर आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि अराजकता बढेको उनको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार