मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

पूर्व आइजीपी सर्बेन्द्र खनालले एकाबिहानै ‘एमाले’ छाडेको गरे घोषणा

Ujyalosandeshonline 10783+ समाचार ( )
२१ पौष २०८१, आइतबार

पोखरा । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक एवम् एमाले नेता सर्बेन्द्र खनालले आज एकाबिहानै आफु स्वतन्त्र भएको घोषणा गरेका छन् । सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै पूर्व आइजीपी खनालले आफु स्वतन्त्र भएको घोषणा गरेका हुन् ।

आफ्ना आफन्त एवम् शुभचिन्तकहरु आफ्नो राजनीतिक स्थितिबारे अन्योलमा परेको उल्लेख गर्दै एमाले नेता समेत रहेका खनालले आफ्नो स्टाटसमा लेखेका छन्, “म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन । म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु ।” 

खनालले आफू राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पु¥याउन र राष्ट्रलाई महान बनाउन आफु र आफ्नो सम्पूर्ण प्रयास जारी रहने प्रतिबद्धता व्यक्तगर्दै खनालले भनेका छन्,“म देश र जनताको हितका लागि सधैं लडिरहनेछु ।” पूर्व आइजीपी खनाल एमालेमा प्रवेश गरेर तनहुँबाट प्रतिनिधि सभा चुनाबमा एमालेका उम्मेदवार बनी रास्ट्रिय स्वतन्त्र पार्टीका नेता डा.स्वर्णिम वाग्लेसँग पराजित भएका थिए । 

उनको स्टाटस यस्तो छ, ‘हजुरहरु मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टी सँग आवद्ध छैन । म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छ ु। राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पु¥याउन र हाम्रो राष्ट्रलाई महान बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ । म देश र जनताको हितका लागि सधैं लडिरहनेछ धन्यवाद ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार