मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने

Ujyalosandeshonline 12337+ समाचार ( )
६ वैशाख २०८३, आइतबार

काठमाडौं । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सानोठिमीस्थित कार्यालय धाउनुपर्ने र लाइन बस्नुपर्ने बाध्यता अन्त्य भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको एनओसी शाखाले अनलाइन पोर्टललाई थप परिष्कृत गर्दै सेवालाई पूर्णतः ‘फेसलेस’ बनाएको हो । यो व्यवस्थासँगै विद्यार्थीले घरमै बसेर आवेदन दिने, डिजिटल भुक्तानी गर्ने र स्वीकृत प्रमाणपत्र आफैंले प्रिन्ट गर्न सक्नेछन् ।

यसअघि विशेषगरी स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहको अध्ययनका लागि आवेदन दिँदा शैक्षिक प्रमाणपत्र रुजु गर्न विद्यार्थी स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने अनिवार्य व्यवस्था थियो । तर, हालै त्रिभुवन विश्वविद्यालयसँग गरिएको एपीआई सम्झौता र काठमाडौं विश्वविद्यालयसँगको अघिल्लै सहकार्यका कारण अब रजिस्ट्रेसन नम्बर र जन्ममितिका आधारमा प्रणालीले स्वतः विवरण प्रमाणीकरण गर्नेछ ।

एनओसी शाखाका अनुसार विद्यार्थीले आवेदन स्वीकृत भएपछि आफ्नो प्रोफाइलबाटै क्यूआर कोडसहितको प्रमाणपत्र डाउनलोड गर्न पाउनेछन् । एनओसी दस्तुर पनि अनलाइनमार्फत नै तिर्न सकिने व्यवस्था मिलाइएको छ । प्रविधिमैत्री यो नयाँ प्रणालीले विद्यार्थीको समय र खर्च जोगाउनुका साथै सेवा प्रवाहलाई थप झन्झटमुक्त र पारदर्शी बनाउने विश्वास लिइएको छ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार