नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

Ujyalosandeshonline 11144+ समाचार ( )
३० फाल्गुन २०८०, बुधवार

काठमाडौं । नवनियुक्त तीन प्रदेशका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् । 

उनीहरुले बुधबार नै राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई बुधबार नै पदमुक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार