मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

अति विपन्न परिवारका लागि निःशुल्क शव वाहन

Ujyalosandeshonline 12320+ समाचार ( )
२० मंगशिर २०८१, बिहीबार

परासी । पश्चिम नवलपरासीको सरावलका एक व्यवसायीले आफ्नो पालिका भित्रका विपन्न परिवारमा कसैको मृत्यु भए आफ्नो निजी गाडी शव वाहनका लागि नि: शुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

सरावल-७ भुजहवा निवासी व्यवसायी तथा समाजसेवी वीरेन्द्र यादवले उक्त घोषणा गर्नुभएको हो । यादव सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।

पैसाको अभावमा मृत्तकको शव व्यवस्थापनमा समस्या नहोस् भनेर पालिकाबासीको दु:खमा साथ दिन उक्त घोषणा गरेको यादवले बताउनुभयो ।

सरावल भित्र बसोबास गर्ने कुनै पनि विपन्न परिवारका सदस्यको मृत्यु भए स्थानीयले ९८५७०४६३१९ वा ९८२१४९२८९० मा फोन गरेर जानकारी दिएपछि आफ्नो पिकअप भ्यान घरमै पठाउने उहाँले बताउनुभयो ।

‘मृत्यु एउटा दुःखको अन्तिम अवस्था हो, यस्तो अवस्थामा पैसाको अभावले कोही पनि समस्यामा पर्नु हुदैन्, दु:खको बेला साथ दिनु हाम्रो पनि जिम्मेवारी हो।’ उहाँले भन्नुभयो ।

शव बाहन नहुँदा जिल्लावासीले निजी सवारी रिजर्भ गर्नुपर्ने बाध्यता छ। जसले गर्दा विपन्न मानिसहरूलाई त शव व्यवस्थापन गर्नै कठिन पनि छ।व्यवसायी यादवको उक्त घोषणाको स्थानीयले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार