मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

अर्घाखाँचीमा निर्वाचन अवधिभर मदिरा बिक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध

Ujyalosandeshonline 12611+ समाचार ( )
१५ फाल्गुन २०८२, शुक्रबार

अर्घाखाँची । आउँदो निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्न अर्घाखाँची जिल्लामा मदिरा बिक्री, वितरण तथा सेवनमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । निर्वाचन प्रक्रिया पूर्ण रूपमा सम्पन्न नभएसम्मका लागि जिल्लाभर लागू हुने गरी उक्त निर्णय गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित सरोकारवालाहरूको एक सर्वपक्षीय कार्यक्रमले यस्तो निर्णय गरेको हो। मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले निर्वाचनको समयमा हुन सक्ने सम्भावित घटनाहरूलाई रोक्न र जिल्लाको वातावरण शान्त तथा भयरहित राख्ने उद्देश्यले मदिरामा पूर्ण रोक लगाइएको जानकारी दिनुभयो।

साथै, मुख्य निर्वाचन अधिकृत पाण्डेले यस नियमको कडाइका साथ पालना गर्न सम्पूर्ण जिल्लावासी तथा व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। उहाँले निर्णयको उल्लङ्घन गरी कसैले मदिराको बिक्री, वितरण वा सेवन गरेको पाइएमा त्यस्ता व्यक्ति वा व्यवसायमाथि तत्काल कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिनुभएको छ। सबै राजनीतिक दल र सरोकारवालाहरूको सहमतिमा भएको यस निर्णयले अर्घाखाँचीमा निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार