मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना: दुई युवाको मृत्यु, एक गम्भीर घाइते

अनिल नेपाली 141+ समाचार ( )
१७ कार्तिक २०८२, सोमबार

अर्घाखाँची । अर्घाखाँची जिल्लामा भएको मोटरसाइकल दुर्घटनामा दुई जना युवाले ज्यान गुमाएका छन् भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार, यो दुर्घटना पाणिनि गाउँपालिका–३ दुर्घाफाटमा भएको हो ।

प्रहरीका अनुसार, निगालीबाट दुर्घाफाटतर्फ आउँदै गरेको ना ३६ प ३५०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक १८ वर्षीय गौतम विक र पछाडि सवार २४ वर्षीय सागर विकको मृत्यु भएको छ । दुवै जनालाई जिल्ला अस्पताल सन्धिखर्क पुर्‍याउँदा चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक दुवै पाणिनि गाउँपालिका–४ निगालीका बासिन्दा थिए।

सोही मोटरसाइकलमा सवार २५ वर्षीय सन्तोष घर्ती भने गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको र हाल गुल्मीको खज्र्याङमा प्रारम्भिक उपचार भइरहेको छ । थप उपचारका लागि उनलाई पाल्पा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार