मुख्य समाचार
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह | आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना | वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात | रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल | राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह | बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने |

चीनले विजय दिवसको अवसरमा टियानआनमेन स्क्वायरमा भव्य समारोह

Ujyalosandeshonline 11042+ समाचार ( )
१८ भाद्र २०८२, बुधवार

काठमाडौं । जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध र विश्व फासिवाद विरोधी युद्धको विजयको ८० औँ वार्षिकोत्सवको अवसरमा चीनले टियानआनमेन स्क्वायरमा भव्य समारोह आयोजना गरेको छ ।स्थानिय समय अनुसार बुधबार बिहान ९ः०० बजे भव्य समारोहमा सैन्य परेड देखाइएको छ । टियानआनमेन स्क्वायरमा जननायकहरूको स्मारक भव्य रूपमा उभिएको छ ।

सोही स्क्वायरमा १४ मिटर अग्लो स्मृति मञ्च निर्माण गरिएको छ, जसमा सन् १९४५ र २०२५ को प्रतीक स्वरूप १४ वटा दीपस्तम्भ राखिएका छन् । दीपस्तम्भमाथि शान्तिको प्रतीक १४ परेवा उडाइएको छ । जसले १४ वर्ष लामो युद्धमा चिनियाँ जनताले आफ्नै रगत–मासुबाट बनाएको रुपक ‘महान भित्ताकोट’लाई जनाउँछ । समारोहमा चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्बोधन गर्ने र सैनिक निरिक्षण गर्ने कार्यक्रम समेत रहेको छ ।

चीन फासिवादी आक्रमणविरुद्ध लड्ने पहिलो राष्ट्र थियो र सबैभन्दा लामो समयसम्म प्रतिरोधमा टिक्यो । १४ वर्ष लामो युद्धमा चिनियाँ जनताले ३ करोड ५० लाखभन्दा बढी जनधन गुमाए । अपार राष्ट्रिय बलिदानमार्फत चीनले विश्व फासिवाद विरोधी युद्धको पूर्वी मोर्चामा निर्णायक भूमिका खेलेको थियो ।

जापानले सन् १९४५ सेप्टेम्बर २ मा आत्मसमर्पणपत्रमा हस्ताक्षर गर्दै चीनसहित सहयोगी राष्ट्रहरूसमक्ष हार स्वीकार गरेको थियो । चीनले भोलिपल्ट, सेप्टेम्बर ३ मा विजय दिवस मनाएको थियो। सन् २०१४ मा चीनले सेप्टेम्बर ३ लाई आधिकारिक रूपमा प्रतिरोध युद्धको विजय दिवस घोषणा गर्ने कानून बनाएको छ ।

सीसीटीभी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार