मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

रोहिणी र सिद्धार्थनगरबाट फरार प्रतिवादी पक्राउ

Ujyalosandeshonline 12342+ समाचार ( )
१५ फाल्गुन २०८०, मङ्गलबार

भैरहवा । रुपन्देही प्रहरीले दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ घर भइ हाल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मा बस्दै आएका धन बहादुर पाण्डे र रुपन्देहीको रोहिणी गाउँपालिका–३, लक्ष्मीनगरका मन्देश हरिजन रहेका छन् ।

बहुविवाह मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार जरिवाना भइ अर्घाखाँची जिल्ला अदालतको फरार सूचीमा रहेका धन बहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पठाइएको डीएसपी भट्टले जानकारी दिए ।

त्यस्तै तनहुँ जिल्ला अदालतको २०७९ पुस ३ गतेको फैसलाले २ वर्ष कैद सजाय र रु. १ लाख जरिवाना भइ फरार रहेका २३ वर्षिय मन्देशलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको र जिल्ला प्रहरी कार्यालय तनहुँमा पठाइएको डीएसपी भट्टले जानकारी दिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार