मुख्य समाचार
नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन | विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने | पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग | पर्यटन प्रर्द्धनका लागि ‘नेपाल बुझ्न गोरखा जाऔँ’ अभियान |

जिम्मेवार दलहरु नै संघीयता प्रति उदार छैनन् : गगन थापा

Ujyalosandeshonline 11520+ समाचार ( )
२३ पौष २०८१, मङ्गलबार

काठमाडौं । नेपाली कांग्रेसका महाहन्त्री गगन कुमार थापाले कुनैपनि राजनीतिक दलहरु संघीय व्यवस्थाप्रति उदार नरहेको बताएका छन् । मंगलबार ‘संघीयता सवलीकरणको कसीमा प्रदेशका सवालहरु’ विषयक छलफल कार्यक्रममा बोल्दै थापाले शासकीय जिम्मेवारी लिएका दलहरुले नै संघीयताप्रति अनुदार रहेको बताएका हुन् । 

उनले भने,‘हामीले जे शासकीय जिम्मेवारी लिन्छौ र लिएका छौं, कोहीपनि संघीयताप्रति उदार छैनौ । एकदमै अनुदार छौ । यसमा रुची छैन । मैले नयां दलहरु पनि हेरें, क्षेत्रीय दलहरु पनि हेरें । जसले बाहिर जे जे भनेपनि भित्र सरकार चलाउने ठाउँमा कसैले पनि शर्त राख्दैनन् ।’

उनले मधेश र माओवादी आन्दोलनको पनि निकै ठुलो महत्व रहेको बताए । उनले संघीयताको बिषयमा कांग्रेस एमालेमा बहस गर्नुपर्ने पनि बताए । 

उनले भने,‘संघीयताको बिषयमा बहस छलफल कि मधेश आन्दोलन, कि त माओवादी आन्दोलनसँग जोडेर बहस गर्छौं । दुवै आन्दोलनको महत्व ठूलो छ । तर अलिक फरक रुपमा पनि हेर्नपर्छ । केन्द्रमा मात्र सबै अधिकार यस्तै हुन्छ भनेर बुझ्नपर्छ । शासकीय बिजनेसमा यसलाई बदल्न सक्नुपर्छ । सबै राजनीतिक पार्टीको घोषणपत्रमा संघीयताप्रति कमिटमेन्ट छ । यो संस्थागत कमिटमेन्ट हो ।’ 

कार्यक्रममा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले संविधान कार्यन्वयनको बिषय धेरै चुनौती र पेचिलो रहेको बताए । 

उनले भने,‘ संविधान रचना कालमा जति अथक पहल, प्रयत्न, पैरवी भयो अब कार्यान्वयन गर्ने पाटोमा सक्रिय रहनुपर्छ । यसको मर्म अनुसार कार्यान्वयन त्यतिकै उन्न स्तर र हार्दिकताको जिम्मेवारी बोधका साथ समझदारीका साथ जान सक्नुपर्दथ्यो । त्यहाँनेर ल्याकिङ भयो । कार्यान्वयनमा चुनौती र पेचिलो छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार