सामानसहित मिनि ट्रक प्रहरीको नियन्त्रणमा: रुपन्देही प्रहरीको सक्रियता जारी

Ujyalosandeshonline 11076+ समाचार ( )
२१ अशोज २०८२, मङ्गलबार

भैरहवा । रुपन्देही प्रहरीले सीमा क्षेत्रमा हुने चोरी तस्करी तथा अपराध नियन्त्रणमा आफ्नो सक्रियतालाई निरन्तरता दिँदै ठूलो परिमाणको अवैध सामानसहित एउटा मिनि ट्रक नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको विशेष टोलीले ओमसतिया गाउँपालिका वडा नं. ४ डण्डास्थित चेकजाँचका क्रममा उक्त सफलता हासिल गरेको हो ।

बा.प्र.०३-००१ ख १६८४ नम्बरको मिनि ट्रकलाई शंकास्पद देखिएपछि प्रहरीले रोकी चेकजाँच गर्दा १२५ बोरा (५० क्विन्टल) खरबुजाको बिउ फेला पारेको थियो। बरामद भएको खरबुजाको बिउ र मिनि ट्रकसहितको अनुमानित मूल्य २० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रहरीले सामानसहित मिनि ट्रकका चालक रुपन्देही मायादेवी गाउँपालिका-६ बस्ने २२ वर्षीय राजकुमार मल्लाहलाई समेत नियन्त्रणमा लिएको छ। आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मिनि ट्रक र चालकलाई राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको रुपन्देही प्रहरीले जानकारी दिएको छ।

रुपन्देही प्रहरी विगतमा पनि सीमा क्षेत्रमा हुने चोरी तस्करी, अवैध कारोबार र अन्य आपराधिक गतिविधि नियन्त्रणमा अब्बल रहँदै आएको छ। यस घटनाले पनि प्रहरीको सक्रियता र अपराध नियन्त्रणप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ। सीमा सुरक्षा र अपराध न्यूनीकरणमा रुपन्देही प्रहरीको यो सफलता प्रशंसनीय छ।

प्रतिक्रिया

सम्बन्धित समाचार