मुख्य समाचार
ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै |

रूपन्देही सुपरलिगः नेपथ्य ज्ञानोदयद्वारा बुटवल युथमाथि १० विकेटको जित

Ujyalosandeshonline 12618+ समाचार ( )
२ मंगशिर २०८१, आइतबार

भैरहवा । लक्ष्मण खत्रीले ५ विकेट र भुवन गैरेले विष्फोटक ब्याटिङ गर्दै अविजित ९९ रन बनाएपछि रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा डिभिजन ‘बी’को आइतबारको खेलमा नेपथ्य ज्ञानोदय क्रिकेट क्लबले सानदार जित निकालेको छ । नेपथ्यले बुटवल युथ क्लबलाई १० विकेटले पराजित गर्दै जित हात पारेको हो । 

सिद्धार्थ क्रिकेट मैदानमा भएकाले खेलमा जितका लागि पाएको १ सय ४२ रनको लक्ष्य नेपथ्यले विना क्षति सहजै पूरा गर्यो । उसले मौसमका कारण ४० ओभरमा छोट्याइएको खेलमा १६ ओभरमा १ सय ४६ रन बनाउँदै जित निकाल्यो । बलिङमा बुटवल युथका कुनै पनि खेलाडीको राम्रो प्रदर्शन भएन र विकेट लिन सकेनन् । नेपथ्यको जितमा भुवनले ९९ रन बनाउँदा कुशल ढकालले नटआउट २१ रनको योगदान गरे । नेपथ्यले २६ रन अतिरिक्त नै पायो । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल युथले २५ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४१ रन बनाएको थियो । उसलाई सस्तैमा रोक्न बलिङमा नेपथ्यका लक्ष्मण खत्रीले ७.४ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिँदा युवराज सेनले ३ र सन्तोष क्षेत्रीले २ विकेट लिन सफल भए । बुटवल युथका निरज भण्डारीले अविजित ८१ र सोनु मल्लाहले १७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम पराजित भयो । खेलमा लक्ष्मण खत्री प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए । 

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार