मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न | सांसदको स्वीकय कर्मचारी नियुक्ति सम्बन्धमा संसद् सचिवालयको सहजीकरण | पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै |

ओमसतियामा बेलहिया प्रहरीको नागरिक सुनुवाई

Ujyalosandeshonline 11766+ समाचार ( )
१० पौष २०८१, बुधवार

भैरहवा । ईलाका प्रहरी कार्यालय बेलहियाले ओमसतिया गाउँपालिका-४ मा नागरिक सुनुवाई कार्यक्रम गरेको छ । कार्यालयले नागरिक प्रति उत्तरदायित्व प्रभावकारी एवं गुणस्तरीय सेवा प्रवाहका लागी नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा ओमसतिया गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष अखिलेश्वर कुमार पाण्डेले ओमसतिया-४ मा प्रहरी बिट स्थापनाका लागि माग गर्दा समेत सुनुवाई नभएको गुनासो गरे । उनले सरकारले समयमै मल उपलब्ध गराउन नसक्दा मलखाद भारतबाट ल्याउँदा प्रहरीले कुनै किसिमको दुख दिएको गुनासो अहिलेसम्म नआएको जनाए। 

त्यस्तै कार्यक्रममा ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले ओमसतिया गाउँपालिकामा प्रमुख समस्या नै लागुऔषध रहेकोले यसको रोकथाम र नियन्त्रणका लागी गाउँपालिकाले प्रहरीसँग समन्वय गरी कार्ययोजना बनाएर काम गर्ने बताए । उनले जनतामा जनचेतना अभिबृद्धि गर्नका लागी पालिकाले बिभिन्न किसिमका कार्यक्रमहरु ल्याएको जनाए।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जनताको गुनासो सम्बोधन गर्नका लागी नै नागरिक सुनुवाई कार्यक्रम आयोजना गरिएको बताउँदै नागरिकले प्रहरी माथी बिश्वास गर्न सकेमात्र समाजमा शान्ति सुरक्षा, अमनचयन, अपराध नियन्त्रण लगायत बिभिन्न गैरकानुनी क्रियाकलापको नियन्त्रण गर्न सकिने बताए ।

उनले नागरिक बर्दी बिनाको प्रहरी भएकोले जनताले दिएका साथ सहयोग र सूचनाको आधारमा नै अपराध नियन्त्रण र अनुसन्धान गर्ने भएकोले सत्य सूचना दिन समेत आग्रह गरे ।

सूचनाको स्रोत नै नागरिक भएकोले समाजमा घटेका बिभिन्न अपराधिक क्रियाकलापका बारेमा समयमै जानकारी गराए नागरिकका गुनासो र अपराध नियन्त्रण समयमै गर्न सकिने बताए । उनले जनताले अपेक्षा गरे अनुसारको पारदर्शी काम प्रहरीले गर्ने भएकोले प्रहरी माथी बिश्वास गर्न आग्रह गर्दै नागरिकको सुरक्षामा प्रहरी दिनरात खटिएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार