मुख्य समाचार
ज्येष्ठ नागरिक जनै बनाउँदै | प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि | विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल |

पुस्तकालय सम्बन्धी ऐन निर्माणमा पहल गर्छु : कानूनमन्त्री गिरी

Ujyalosandeshonline 11878+ समाचार ( )
१४ असार २०८१, बिहीबार

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरिले पुस्तकालय सम्बन्धी ऐन निर्माणमा पहल गर्ने बताएका छन् । आज सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुको प्रथम बागमती प्रदेश सम्मेलनमा सहभागी उनले ऐन अभावमा पुस्तकालयहरु नियमावली र निर्देशिकाबाट चलिरहेको भन्दै ऐन निर्माणको पहल गर्ने बताए । 

उनले भने, ‘अहिले पनि पुस्तकालयहरु एउटा एनजिओ सरह दर्ता भएर काम गर्नुपर्ने अवस्था छ । पुस्तकालय सम्बन्धी ऐन छैन् । नियमावली र निर्देशिकाबाट सञ्चालित छ । त्यसकारण जस्तोलाई पनि पुस्तकालय भनिएको छ । जस्तो पाए त्यस्तो किताबहरु बजारमा आइरहेका छन्, त्यस सम्बन्धी पनि ऐनहरु बन्नु पर्छ । यो सबै पक्षमा छलफल गरेर कहाँ के गर्नुपर्ने हो म गर्छु, तपाइँहरुलाई विश्वास दिलाउन पनि चहान्छु ।’ 

यस्तै, मन्त्री गिरीले पुस्तक पढ्नेको संख्या कम हुँदै गएको चर्चा गर्दै पुस्तकालयलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिए । ‘पुस्तकालयलाई समय सापेक्ष बनाउनै पर्छ । यसलाई प्रविधिमैत्री बनाउनु पर्छ । इतिहासदेखि जे जति हामीसँग उपलब्ध छन् त्यो सबै विवरणहरुलाई पुस्तकालयभित्र संरक्षण गर्ने, त्यसलाई पठनिय बनाउने, पढ्नका लागि उपयुक्त हुने हिसाबले निमार्ण गर्दै लाने काममा लाग्नु पर्छ,’ मन्त्री गिरीले भने । 

उनले सामुदायिक पुस्तकालय निर्माण र विस्तार कार्य जटिल र कठिन अभियान भएको उल्लेख गर्दै सो अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार