मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

नवलपरासीको रामग्राममा आगलागी: गोठ जलेर नष्ट, दुई भैंसी घाइते

Ujyalosandeshonline 11768+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

परासी,। नवलपरासीको रामग्राम नगरपालिकामा लामखुट्टे भगाउन बालिएको आगो अनियन्त्रित भई सल्किँदा एउटा गोठ जलेर खरानी भएको छ भने दुईवटा भैंसी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अनुसार, रामग्राम नगरपालिका वडा नं. ६ पोखरापालीका बेचै यादवको खरले छाएको गोठमा आगलागी भएको हो । यादवले आफ्ना पशु चौपायालाई लामखुट्टेले टोक्नबाट जोगाउन गोठ नजिकै झारपात बालेका थिए । सोही आगो फैलिएर गोठमा सल्किएको प्रहरीले जनाएको छ ।

आगलागी भएको थाहा पाउनासाथ स्थानीय बासिन्दाहरू तत्कालै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएका थिए । प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वीर दत्त पन्तले दिएको जानकारी अनुसार आगलागीबाट कुनै पनि मानवीय क्षति भने भएको छैन ।

यद्यपि, आगलागीमा परेर गोठमा बाँधिएका दुईवटा भैंसीको पछाडिको भाग जलेर घाइते भएका छन् । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान अनुसार आगलागीबाट करिब ४५,००० रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार