मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

मुगुका कृषकहरुलाई यान्त्रिक तालिम प्रदान

Ujyalosandeshonline 12342+ समाचार ( )
५ श्रावण २०८१, शनिबार

मुगु । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन ईकाई मुगुले मुगुका कृषकहरुलाई यान्त्रिक उपकरण सँगै यान्त्रिक तालिम दिएको छ । ईकाईले मुगु जिल्लामा रहेका व्यवसायीक रुपमा खेतीगर्दै आएका अगुवा कृषकहरुलाई विरुवा, सिचाई,थोपा सिचाई,पानी भकारी, बिउ बिजन,लगायत व्यवसायी खेती सम्बन्धी तालिम गोष्ठी लगायत अन्य कृषी सम्बन्धी प्रयोग हुने यान्त्रिक उपकरण दिदै आएको छ ।

सोही क्रममा यस वर्ष कृषकहरुलाई यान्त्रिकरण उपकरण प्रयोग गर्ने तालिम सहित उपकरणको खरिद मूल्यको ५० प्रतिशत अनुदान रकम कार्यालयले बेहोर्ने भएको छ । 

यो वर्ष ७ वटा मिनी पावर टेलर,२ वटा कमाईन्डमिल,२ जटा मोटर,चिनु कुट्र्ने मिल १ वटा कुटानिपिसानि मेशिन ३ वटा,हातेपंखा १९ वटा,सिडबिन ५पसिको ३७ सेट,सिडबिन ३ पिसको १५सेट,आ.व २०८०।०८१को वार्षिक कार्यालयको स्वकृत ५० प्रतिशत कृषि आधुनिकरण सहयोग यान्त्रिक कार्यक्रम बाट मुगु जिल्लाका कृषिकहरुलाई यान्त्रिक उपकरण सहित यान्त्रिक तालिम २० जना भन्दा बढिलाई सहयोग गरिएको प्रधानमन्त्री कृषि आघुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई कार्यालयका प्रमुख तेज विक्रम मल्लले बताएका छन् ।

यस्तै, छाँयानाथ रारा नगरपालिकावडानम्बर ७ काव्यवसायीक कृषक जसबिर कुलालले यान्त्रिक उपकरण ५० प्रतिशतमा पाउदा निकै सहज हुने भन्दै तालिम गोष्ठीबाट ठूलो उपलब्धि पाउने बताएका छन् । 

उनले भने, ‘विगतलामो समय देखी परम्परागत कृषि क्षेत्रमा काम गर्दै आएका हामी धेरै दुख गर्ने थोरै फाईदा लिने गरेका थियौं भए पछिल्लो समयमा हामी मुगुमा केही व्यवसाय र अगुवा कृषकहरुलाई विभिन्न तालिम गोष्ठी लगायतका अन्य कृषि यान्त्रिक उपकरण ५० प्रतिशतमा पाउदा निकै सहज हुनुका साथै तालिम गोष्ठी बाट ठूलो उपलब्धि पाएका छौं ।’

देशमै सरकारले दिएको सुविधाको प्रयोग गरेर देशमै बस्ने सोच गरेर व्यवसायीक रुपमा स्याउ खेतीगर्दै आएको भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्यन ईकाई मुगुबाट मात्र ३० पटक विभिन्न तालिमा पाएको बताए । 

उनले भने, ‘मैले ३० वर्ष भारतको हिमालचुल प्रदेशको सिम्लाभन्ने ठाँउमा कृषि क्षेत्रमा काम गर्दा धेरै दुख पाईयो भारतियहरुको अन्डरमा गुलाम भएर बस्नु भन्दा पनि आफ्नै नेपालमा नेपाल सरकारले पछिल्लो समयमा धेरै तालिम, गोष्ठी, ज्ञानमूलक कुरा दिनुका साथैं कृषीमा प्रयोग हुर्ने सामान छुटमा पाईएको हुदा ६ वर्ष देखी व्यवसायीक रुपमा स्याउ खेतिमा लागजीवन निवाह गरेको छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार