मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

ओमसतियामा मंगलबारदेखि ११ औं नव युवा कप–२०८० हुँदै

Ujyalosandeshonline 12543+ समाचार ( )
२६ फाल्गुन २०८०, शनिबार

भैरहवा । नव युवा खेलकुद तथा साँस्कृतिक परिवार ओमसतिया–१ ठुटीपीपल, रुपन्देहीको आयोजनामा फागुन २९ गते मंगलबारदेखि ११ औं नव युवा कप–२०८० (फुटबल प्रतियोगिता) हुने भएको छ । ओमसतिया गाउँपालिका–१ स्थित कर्मडाडा खेल मैदानमा चैत १० गते शनिबारसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

एन्फाको नियम अनुसार खेल खेलाइने उक्त प्रतियोगितामा १२ वटा टीमको सहभागीता रहने नव युवा खेलकुद तथा साँस्कृतिक परिवारका अध्यक्ष चन्द्र बहादुर गुरुङले बताए । 

प्रतियोगितामा प्रथम हुने (विजेता) टीमलाई नगद रु. २ लाख २ हजार २ सय २२ सहित कप, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने (उपविजेता) टीमलाई नगद रु. १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने गुरुङले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद रु. ८ हजारसहित कप र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई रु. ५ हजारसहित कप र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक विष्णु बराल मगरले बतए । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद रु. १ हजार ५ सयसहित कप प्रदान गरिने उनले जानकारी दिए ।

आयोजकका अनुसार प्रतियोगिताको उद्घाटन फागुन २९ गते मंगलबार दिउँसो २ बजे कर्मडाडा खेलमैदानमा हुनेछ ।

प्रतियोगिताका आर्थिक संयोजक दिल बहादुर गुरुङले प्रतियोगिताको सहयोगी संस्था ओमसतिया गाउँपालिका १ नम्बर वडा कार्यालय ठुटीपीपल रहेको जानकारी दिए ।

ओमसतिया गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष बेल बहादुर बराल मगरले आफू जनप्रतिनिधि नरहेको अवस्थामा पनि प्रतियोगितालाई निरन्तर साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले खेलकुदको माध्यमले देशलाई विश्वमै चिनाउन सकिने भएकाले यस्ता प्रतियोगिताहरुलाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिए ।

त्यस्तै नव युवा खेलकुद तथा साँस्कृतिक परिवारका पूर्वअध्यक्ष लक्ष्मण थापाले प्रतियोगिताको सुरुवातदेखि हालसम्म राम्रोसँग सञ्चालन हुँदै आएको बताए ।

फुटबलका नेशनल रेफ्री अमर पुनले फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न खेलाडी, आयोजक, दर्शक र रेफ्रीको उत्तिकै सहभागीता आवश्यक रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार