मुख्य समाचार
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल |

कोशीमा जनस्वास्थ्य ऐन खारेजीको माग

Ujyalosandeshonline 12338+ समाचार ( )
४ वैशाख २०८१, मङ्गलबार

ताप्लेजुङ । कोशीमा हालै जारी भएको जनस्वास्थ्य ऐन खारेजीको माग गरिएको छ । जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेश समितिले पाँचौँ पूर्ण बैठकमार्फत् जनस्वास्थ्य ऐन खारेज गर्न माग गरेको हो । 

ताप्लेजुङको पाथीभरा मन्दिर परिसरमा बसेको समितिको बैठकले जनस्वास्थ्य सेवा ऐन अध्यादेश २०८० ले जिल्ला समन्वय समितिको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरेको भन्दै उक्त ऐन खारेज गर्न माग गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाले बताए । 

जनस्वास्थ्य ऐन संशोधनले यसअघि जिल्ला समन्वय समिति प्रमुख सम्बन्धी जिल्ला अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष रहने सहितका प्रावधान खारेज भएका छन् । उक्त ऐन सशोधन अध्यादेश जारी भएदेखि नै समन्वय समितिहरुले उक्त ऐन खारजेको माग गर्दै आएका थिए ।

बैठकले जिससलाई दिने अनुदान रकम बढाइ प्रत्येक जिल्ला समन्वय समितिमा वार्षिक कम्तीमा ५० लाख रुपैँया अनुदान उपलब्ध गराउने नीतिगत व्यवस्थाको माग पनि गरेको छ । उक्त अनुदान रकम बराबरको बजेट मागका लागि कार्यक्रम समेत बनाएर प्रदेश सरकार समक्ष पेश गर्ने बताईएको छ । 

यस्तै प्रदेशका १४ जिल्लाका जिससहरुका तर्फबाट प्रत्येक जिल्लाबाट ५० हजार रुपैयाँका दरले रकम संकलन गरी प्रदेशको कोष स्थापना गर्ने समेत निर्णय गरेको छ । यसैबीच समितिको बैठकले पाथीभरा क्षेत्रमा निर्माण हुने भनिएको केबलकारलाई प्रचलित ऐन, नियम र कानुनको परिधि भित्र रही निर्माण कार्यलाई समर्थन गर्ने निर्णय गर्दैै विकास निर्माणका कार्यलाई अवरोध नगर्न सम्बन्धित पक्षलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार