मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

पोखरामा ठूलो परिमाणमा सुन र चाँदीसहित ११ भारतीय पक्राउ

Ujyalosandeshonline 11540+ समाचार ( )
२५ श्रावण २०८२, शनिबार

पोखरा । कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट ठूलो परिमाणमा अवैध सुन र चाँदीसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको महाराष्ट्र, कलकत्ता र पश्चिम बंगालका नागरिकहरु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पक्राउ परेकाहरुको साथबाट ६ किलो चार सय ग्राम सुन, ४ सय ४४ ग्राम चाँदी र पाँच लाख १४ हजार ६ सय ६५ रुपैयाँ नगद बरामद भएको छ। पक्राउ पर्नेहरुमा राजेन्द्र रामचन्द्र जगताप, उज्वल भोमिक, सुनिता पवार, मनिक लाल आदत, असित वर, तापस सामन्त, सन्दीप ढाप, सोमनाथ पाल, दीपक सामन्त, गोविन्द दिण्डा र प्रोभास माझी रहेका छन् ।

प्रहरीका अनुसार, पक्राउ परेकाहरु लामो समयदेखि पोखरामा सुनचाँदी कालिगढको रुपमा काम गर्दै आएका थिए र उनीहरु अवैध सुन तथा चाँदीको कारोबारमा संलग्न रहेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले पक्राउ परेका सबैलाई बरामद गरिएको सुन, चाँदी र नगदसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइने जानकारी दिनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार