मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

पाल्पामा ‘कथिन चीवर दान’ उत्सव सम्पन्न

Ujyalosandeshonline 11004+ समाचार ( )
२८ अशोज २०८२, मङ्गलबार

तानसेन (पाल्पा) । यहाँको तानसेनमा बौद्ध परम्पराअनुसार गरिने पवित्र ‘कथिन चीवर दान’ उत्सव सम्पन्न भएको छ । दाता ज्ञानमाला सङ्घ आनन्द विहारको आयोजनामा वर्षाबासमा बसेका एक जना भिक्षुसहित देशका विभिन्न स्थानबाट आएका ६० जना भिक्षुलाई कथिन चीवर दान गरी उत्सव मनाइएको हो । प्रत्येक वर्ष असार पूर्णिमादेखि असोज पूर्णिमा तीन महिना भिक्षुहरू वर्षाबास बस्ने परम्परा छ । यसरी वर्षाबास बसेका भिक्षुहरूका लागि कथिन चीवर दान गर्ने गरिन्छ ।

तानसेनका दाता विश्वमान बज्राचार्यको प्रमुख सहयोगमा कथिन दान उत्सवमा मनाइएको हो । तानसेनस्थित ज्ञानमाला सङ्घ आनन्द विहारमा बर्खाबास बसेका भिक्षु अनिरुद्रसहित अन्य भिक्षुहरूलाई बौद्ध परम्पराअनुसार चीवर दान, अष्ट परिस्कार दान गरिएको थियो । भिक्षुले लगाउने पहेँलो वस्त्र ९चीवर० र भिक्षापात्रलाई चीवर दान भनिन्छ । अष्ट परिष्कारमा भिक्षुका लागि आवश्यक दाह्री–कपाल खौरने सामान, भित्री–बाहिरी कपडा, सियो–धागोलगायत आठ सामग्री हुन्छन् । अनुशासित र नियमपूर्वक तीन महिने वर्षाबास बस्ने भिक्षुलाई चीवर र भिक्षा पात्र प्रदान गरिन्छ ।

महोत्सवमा प्रमुख अतिथि अखिल नेपाल भिक्षु महासङ्घका पूर्वअध्यक्ष मैत्री महास्थवीरबाट दीप प्रज्वलनसँगै शिल प्रार्थना, भिक्षु धर्मपालबाट बुद्ध पूजा, भिक्षु गौदन्य महास्थवीरले धर्मदेशना गर्नुभएको थियो । धर्मदेशना गर्दै महास्थवीरले गौतम बुद्धको उपदेश र उहाँले अनुमति दिएको ‘कठिन चीवर दान’का विषयमा जानकारी गराउनुभएको थियो । पूर्वअध्यक्ष महास्थवीले कठिन उत्सव धार्मिक उत्सव भएकाले यसमा सहभागी हुँदा भिक्षुमा शिल समाधि र प्रज्ञाको विकास हुने, नागरिकमा दान, शिल र भावनाको विकास हुने जानकारी दिनुभयो ।

उहाँले एक वर्षमा एक दिन एकपटक मात्रै वर्षाबासमा बसेका भिक्षुलाई लगाउने वस्त्रसहितका सामग्री दिने परम्परा भएकाले यसलाई कठिन दान भनिएको उल्लेख गर्नुभयो । कार्यक्रमका संयोजक एवं आनन्द विहारका पूर्वअध्यक्ष उत्पलकुमार बज्राचार्यले तीन महिना एकै ठाउँमा नियमपूर्वक वर्षाबास बसेका भिक्षुलाई बसमापनको अवसरमा ‘कथिन चीवर दान’ दिने बौद्ध परम्परा रहेकाले सोहीअनुसार चीवर दान गरिएको बताउनुभयो । उहाँले विगतमा पनि आफूहरूले यस्ता कार्यक्रम गर्दै आएको उल्लेख गर्नुभयो ।

विहारका अध्यक्ष सञ्जयराज शाक्यले वर्षाबास बस्नाले बौद्ध धर्मको मेरुदण्ड विनय कर्म पालन गर्दा नजानेर भएरगरेका त्रुटि तथा कमीकमजोरीबाट पाप नलागी क्षमादान पाउने हुँदा भिक्षु–भिक्षुणी वर्षाबास बस्ने गरिएको बताउनुभयो । उहाँका अनुसार असार पूर्णिमादेखि असोज पूर्णिमासम्म तीन महिना भिक्षुहरू वर्षाबास बस्नुभएको हो ।

विहारका अध्यक्ष शाक्यका अनुसार लुम्बिनी, बुटवल, भैरहवा, पोखरा, धरान, थाइल्याण्ड, भारत, अछामबाट भिक्षुहरू वर्षाबासका लागि तानसेन आएका हुन् । दान गर्नुअघि भीमसेन टोलमा रहेको विहारबाट झाँकीसहित शान्ति पदयात्रा निकालिएको थियो । उक्त पदयात्रा  टुँडिखेल, तेस्रो सडक, शीतलपाटी, टक्सारटोल, नारायणस्थान हुँदै टुँडिखेलमा पुगेर महोत्सवमा परिणत भएको भिक्षु प्रियदर्शी महास्थवीरले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार