मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

समाजवादी महिला सङ्घको केन्द्रीय महाधिवेशन जनकपुरमा हुने

Ujyalosandeshonline 12441+ समाचार ( )
६ वैशाख २०८२, शनिबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी महिला सङ्घ नेपालको केन्द्रीय महाधिवेशन जनकपुरमा हुने भएको छ । सङ्गठनको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले आगामी वैशाख २७ र २८ गते मधेस प्रदेशको राजधानी जनकपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादव प्रमुख वक्ता रहने गरी केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य एवं समाजवादी महिला सङ्घकी अध्यक्ष निर्मला यादवले जानकारी दिइन् ।

बैठकबाट महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउन आर्थिक उपसमिति, जनपरिचालन उपसमिति तथा प्रचार प्रसार उपसमितिलगायतका उपसमिति गठन गरिएको छ । महाधिवेशनलाई भव्यरुपमा सफल बनाउन केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी तोकिएको यादवले बताइन् ।

संगठनले स्थानीय तह, जिल्ला समितिहरुका साथै चार प्रदेश समितिको अधिवेशन सम्पन्न गरिसकेको छ । यसरी अधिवेशन सम्पन्न गरेका प्रदेशहरुमा कोशी प्रदेश समिति, मधेस प्रदेश समिति, बागमती प्रदेश समिति र लुम्बिनी प्रदेश समिति रहेका छन् । सङ्ठनको महाधिवशेनमा सातै प्रदेशबाट प्रतिनिधि सहभागी हुने बताइएको छ ।

जसपा नेपालले वैशाख मसान्तसम्म अधिवेशन गरिसक्न पार्टीनिकट भ्रातृसङ्गठनलाई निर्देशन दिएको छ । तोकिएको समयमा अधिवेशन सम्पन्न नगर्ने भ्रातृसङ्गठनहरुलाई विघटन गरी नयाँ ढङ्गबाट कार्य अगाडि बढाउने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार