मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

शिक्षक नियुक्तिमा घुस लिने प्रधानाध्यापकसहित दुई जना पक्राउ

Ujyalosandeshonline 12461+ समाचार ( )
२५ अशोज २०८२, शनिबार

रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साहकानुलाई ४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। शिक्षक नियुक्ति प्रक्रियामा घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले सेवाग्राहीबाट घुसबापतको रकम लिइसकेको अवस्थामा उनीहरूलाई पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका वडा नं. १३ अदालत रोडस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो।

प्रवक्ता राजेन्द्र कुमार पौडेलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, विद्यालयले खुलाएको शिक्षक विज्ञापनमा सेवाग्राहीले रितपूर्वक दरखास्त दिएका थिए। सोही क्रममा प्रधानाध्यापक सञ्जय प्रसादले बिचौलिया अरविन्द प्रकाश साहकानुमार्फत ४ लाख ५० हजार रुपैयाँ घुस/रिसवत माग गरेको उजुरी अख्तियारमा परेको थियो । अख्तियारले दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार