मुख्य समाचार
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह |

स्वार्थका लागि एनआरएनए जस्तो संस्थालाई विभाजन गर्न मिल्दैन : प्रधानमन्त्री ओली

Ujyalosandeshonline 12346+ समाचार ( )
१ जेठ २०८२, बुधवार

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले एनआरएनए जस्तो संस्थालाई स्वार्थका लागि विभाजन गर्न नहुने बताएका छन् ।एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ मा बोल्दै उनले गैरआवासीय नेपाली संघ ( एनआरएनए) राजनीति गर्ने ठाउँ नभएको बताएका हुन् ।

उनले भने, ‘हामीले राजनीति गर्ने ठाउँ विदेश होइन । एनआरएनए जस्तो  संगठनलाई विभाजन गर्ने प्रयास सफल हुन सक्दैन । स्वार्थका लागि विभाजन गर्न मिल्दैन । यो कुनै पोलिटिकल पार्टीको संस्था होइन यसमा हामीले ध्यान दिनुपर्छ । यस समुदायका हकहितका कुराहरुसँग  र  देशका लागि के गर्न सकिन्छ त्यसमा यसको सम्बन्ध छ । कहाँ भोट हाल्छ भन्ने कुरासँग होइन । कहाँ भोट हाल्छ भन्ने आधारमा यस संस्थामाथि व्यवहार  गरिनु हुँदैन । ’

साथै उनले एनआरएनए संस्था एकताबद्ध, मेलमिलाप र सुदृढ एकताका साथ अगाडि बढ्नुपर्ने संस्था भएको बताए । उनलेसंस्थाको भलो चिताउने, यस संस्थाको एकता चिताउने, यस संस्थालाई एकताबद्ध बनाएर अगाडि बढाउने प्रयासमा मात्रै आफ्नो साथ रहने बताए ।

उनले भने, ‘यो एनआरएनए संस्था विवादित बनाउने, विवादास्पद बनाउने संस्था होइन । एकताबद्ध, मेलमिलाप र सुदृढ एकताका साथ अगाडि बढ्नुपर्ने संस्था हो यो नत्र भने यसका उदेश्यहरु पूरा हुन सक्दैनन् । यसका उदेश्य पूरा गर्न जे कारणले यसको स्थापना भएको थियो ति कारणहरु कार्यान्वयन भएका छैनन् । यस संस्थाको भलो चिताउने, यस संस्थाको एकता चिताउने, यस संस्थालाई एकताबद्ध बनाएर अगाडि बढाउने प्रयासमा मात्रै मेरो साथ रहन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार