मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

सिमेन्टको ट्रकमा लुकाएर लैजादै गरेको तस्करीका कपडा समातियो

Ujyalosandeshonline 12548+ समाचार ( )
फाइल फोटो :
४ कार्तिक २०८१, आइतबार

भैरहवा । भारतबाट अवैध रुपमा तस्करी गरेर ल्याइएका कपडा बरामद भएको छ। रुपन्देहीको सियारी गाउँपालिकाको धम्सर क्षेत्रमा डम्प गरिएको कपडा सिमेन्ट लोड रहेको ना ६ ख ७६०५ नम्बरको ट्रकमा लुकाएर लैजादै गरेको अवस्थामा बरामद गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

तस्करीका कपडा बरामदगीका लागि सीडिओ अर्याल आफै खटिएका थिए।बरामद कपडा राधेश्याम उर्फ तौलन समूहको रहेको बताइएको छ। तौलन समूहले विगत देखि नै मोटरसाइकलमा कपडाको तस्करी गर्दै आएको छ।

‘तस्करी गरेर डम्प गरिएको कपडा अन्यत्र लगिदैछ भन्ने सूचना प्राप्त भएको थियो’, सीडिओ अर्यालले भने, ‘सूचना अनुसार स्थानमा पुग्दा सिमेन्ट लोड रहेको ट्रकमा १२ गाँठ कपडा लुकाएर लैजादै गर्दा बरामद गर्यौँ। हामीलाई देखेपछि साँचो ट्रकमै छाडेर चालक फरार भए।’उनका अनुसार नियन्त्रणमा लिइएको ट्रक,सिमेन्ट र कपडा ५३ लाख रुपैयाँ बराबरको रहेको छ। 

कपडा र सिमेन्टसहित नियन्त्रणमा लिइएको ट्रक आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ। खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरुले तस्करी गरेपनि नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित रुपन्देही प्रशासन तस्करी नियन्त्रणमा लागेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार