मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

कञ्चनमा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी’ खोप लगाइँदै

Ujyalosandeshonline 12461+ समाचार ( )
२० माघ २०८२, सोमबार

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन ‘एचपीभी’ (HPV) खोप अभियान सञ्चालन गर्ने भएको छ। सोही अभियानको पूर्वसन्ध्यामा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवालाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा कञ्चन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ढाल बहादुर जि.सी.ले एचपीभी खोप सरकारको राष्ट्रिय अभियान भएको बताउँदै पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण (९९.७ प्रतिशत) ह्युमन प्यापिलोमा भाइरस रहेको जानकारी दिनुभयो । उहाँले नेपालमा फोक्सोको क्यान्सरपछि सबैभन्दा बढी जोखिम र मृत्युदर पाठेघरको मुखको क्यान्सरमा रहेको तथ्यांक प्रस्तुत गर्नुभयो।

गाउँपालिका अध्यक्ष नवराज ढकालले अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मीहरूले सेवाग्राहीसँग आत्मीयता र धैर्यता अपनाउनुपर्नेमा जोड दिनुभयो। यस्तै, उपाध्यक्ष मौसमी थापा मगरले महिलाहरूमा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा रहेकाले किशोरीहरूलाई सुरक्षित राख्न खोप अनिवार्य रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत माधवराज पोखरेलले अभियान सफल पार्न शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थाहरूलाई एकसाथ लाग्न आग्रह गर्नुभयो । 

वडा नं. ३ का अध्यक्ष टीकाराम सापकोटाले यो खोप निःशुल्क र सुरक्षित रहेको बताउँदै सन् २०३० सम्मको सरकारी लक्ष्य पूरा गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य शाखा सह–संयोजक गणेश सुनारका अनुसार, यो अभियान अन्तर्गत कञ्चनका कक्षा ६ देखि १० सम्मका ५१९ जना किशोरीहरूलाई विद्यालय केन्द्रित खोप केन्द्रमार्फत एचपीभी खोप लगाइनेछ। साथै विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पनि खोपमा समेटिने जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार