मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’

Ujyalosandeshonline 12537+ समाचार ( )
२६ असार २०८३, शुक्रबार

सुदूरपश्चिम । दुग्ध उत्पादक किसानको हित र त्यसबाट देशले बढीभन्दा बढी लाभ लिने गरी सुदूरपश्चिममा उद्यमशीलता विकास तथा पूर्वाधारमा लगानी आवश्यक रहेकामा सरोकार भएकाहरूले जोड दिएका छन् । प्रदेश दुग्ध विकास बोर्डले आज धनगढीमा आयोजना गरेको ‘दुग्धलाई स्थानीय बजारबाट औपचारिक क्षेत्रमा ल्याउन अभिमुखीकरण’ कार्यक्रममा सरोकार भएकाहरूले दूधको प्रयोगलाई विविधिकरण गरी उद्यमशीलता विकास गरिनुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले सरकार र निजी क्षेत्र मिलेर ठूला पूर्वाधारमा लगानी गरी साना किसानलाई समेत लाभान्वित हुने अवस्था बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बने पनि त्यसलाई उद्यमशीलतासँग जोडेर लाभ लिन नसकिएको भन्दै निजी क्षेत्र र सरकारबीच समन्वय र सहकार्य आवश्यक पर्नेमा जोड दिनुभयो । 

“दूध उत्पादनमा प्रदेश आत्मनिर्भर भएको छ, तर त्यसलाई व्यावसायिक रूपमा प्रयोग गरेर लाभ लिन सकिएको छैन । त्यसैले व्यापारमा विविधिकरण गरी आन्तरिक खपत र निर्यात गर्ने उद्देश्यले काम गर्नुपर्नेछ”, मन्त्री थापाले भन्नुभयो, “त्यसका लागि ठूलो लगानीमा पाउडर प्लान्ट बनाएर उपयोग गर्ने, चिज, छुर्पी, पनिरलगायत उत्पादनमा जोड दिन आवश्यक छ । यसका लागि निजी क्षेत्रसँग मिलेर काम गर्न तयार छौँ ।”

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले प्रदेशमा दैनिक १० लाख लिटर दूध उत्पादन हुने गरेको जनाउँदै उत्पादित दूधमध्ये घरायसी प्रयोजनमा बढी खपत हुने उल्लेख गर्नुभयो । उहाँले अब निर्वाहमुखी व्यापारभन्दा पनि उद्यमशील सोचसहित काम गर्न किसानलाई आग्रह गर्नुभयो । उत्पादन विविधिकरण, प्रविधि सहयोग, सीप विकासलगायत क्षेत्रमा सहयोग गर्न मन्त्रालय तयार रहेका उहाँले प्रतिबद्धता जनाउनुभयो । 

बोर्डका सदस्य कर्णबहादुर हमालले सुदूरपश्चिमका लागि आवश्यक पाउडर दूध अन्य प्रदेशबाट मगाउनुपर्ने बाध्यता रहेकाले प्रदेशमा ‘पाउडर प्लान्ट’ स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बोर्ड सदस्य भूपेन्द्र थापाले ‘नेपालको दुग्ध क्षेत्रः ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था, चुनौती र आगामी मार्गचित्र’ र बोर्डका कार्यकारी निर्देशक श्यामसिंह खड्काले बोर्डको परिचयका साथै अभिमुखीकरणको आवश्यकताबारे प्रस्तुतीकरण गर्नुभएको थियो । यसैगरी खप्तड कृषि सहकारी संस्था कञ्चनपुरका अध्यक्ष पूर्णसिंह साउद, सुदूर सहकारी संस्थाका अध्यक्ष नरेन्द्रबहादुर चन्दलगायत व्यक्तित्वले दुग्ध उत्पादक किसान, डेरी उद्योगीलगायतका समस्या समाधानका लागि सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार