मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर हुन सरकारलाई रास्वपाको ध्यानाकर्षण

Ujyalosandeshonline 12537+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ध्यानाकर्षणपत्र बुझाएको छ । दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको भन्दै यसप्रति गम्भीर हुन आज मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाइएको हो ।

दुर्घटनाहरुप्रति सरकार गम्भीर नभएको भन्दै सवारी दुर्घटनाको भयावह अवस्था, दुर्घटनाकै कारण व्यहोर्नु परिरहेको सामाजिक र आर्थिक समस्या तथा दुर्घटना न्यूनीकरणमा सरकारका योजना र कार्यक्रमबारे सरकार, विज्ञ र सरोकारवालासमेतको उपस्थितिमा छलफल गरी निष्कर्षमा पुग्न बाञ्छनीय देखिएकाले आवश्यक व्यवस्था वा निर्देशनका लागि मन्त्रीसमक्ष आग्रह गरिको रास्वपाले जनाएको छ ।

माघ २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौंको चन्द्रागिरि र बाग्लुङको ढोरपाटनमा भएका सवारी दुर्घटनामा २० जनाको ज्यान गएको थियो र ३३ जना घाइते भएको उल्लेख गर्दै यो वर्षको मंसिरसम्म मात्र देशभर साना–ठूला गरेर करिब १० हजार ७ सय ४५ वटा दुर्घटना भएको प्रहरीको तथ्यांक पनि उक्त पत्रमा उल्लेख गरिएको छ ।

ती दुर्घटनाहरुमा ९ सय १६ जनाले ज्यान गुमाएको, दुई हजार ७ सय ९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएको जनाइएको  छ । नेपाल प्रहरीको तथ्यांकअनुसार दैनिक सरदर ५४ वटा दुर्घटना हुन्छन् र तिनमा ६ जनाको मृत्यु, १४ जना गम्भीर घाइते हुन्छन् । 

पछिल्लो तीन वर्षमा ५८ हजार ८ सय ७८ वटा दुर्घटना हुँदा ६ हजार १ सय ६७ जनाले ज्यान गुमाएका थिए भने १५ हजार ७ सय ७१ जना गम्भीर घाइते भएका थिए । प्रत्येक वर्ष औसतमा २ हजारभन्दा बढीले दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार