मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

पर्यटक प्रहरीलाई साधन सम्पन्न बनाइने, संख्या बढाइने

Njn Khanal 16+ समाचार ( )
१२ माघ २०८१, शनिबार

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक प्रहरीलाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाइने बताएका छन् । शनिबार काठमाडौंमा ४६औँ पर्यटक प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले बदलिँदो समयका चुनौती सामना गर्नका लागि पर्यटक प्रहरीलाई साधनसम्पन्न बनाउनुपर्ने र यसका लागि सरकारले काम गरिरहेको बताए । 

यसको साथै, उनले आगामी दिनमा पर्यटक प्रहरीको संख्या बढाउन पनि मन्त्रालयले पहल गरिरहेको पनि बताए । 

उनले भने, ‘हाल २४६ जना मात्र पर्यटक प्रहरी हुनुहुन्छ । नेपालको भूगोलअनुसार २४६ जना मात्र पर्यटक प्रहरी रहनु एकदमै न्यून हो । यसलाई बढाउन मन्त्रालयले नेपाल प्रहरीसँग छलफल गरिरहेको छ । २४६ जना पर्यटक प्रहरीले देशका २९ इकाइबाट सेवा दिँदै आएका छन्। अहिलेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्यटक प्रहरी इकाइ स्थापना भएको छैन । माघको अन्तिमसम्म सुदूरपश्चिमको खप्तड र कर्णालीको रारामा पर्यटक प्रहरी इकाई स्थापना गर्ने निर्णय भइसकेको छ । यसका लागि आवश्यक साधन स्रोत व्यवस्था सरकारले गर्छ ।’

पर्यटकहरू अतिथि भएकाले उनीहरूलाई जति धेरै ‘अतिथिदेवो भव’ को रूपमा व्यवहार गर्न सके पर्यटकको संख्या बढाउन सकिने पनि उनको भनाइ छ । यस्तै, उनले पर्यटन क्षेत्रको विकासका लागि नेपाल नआएका पर्यटकलाई एकपटक ल्याउने र एकपटक आएका पर्यटकलाई पटकपटक ल्याउने रणनीति मन्त्रालयले बनाइरहेको पनि बताए । 

सोही क्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पर्यटकीय सुरक्षा नै पर्यटकको प्रमुख आधारशिला रहेको भन्दै पर्यटकीय सुरक्षा व्यवस्थापन कार्यमा सबै सरोकारवाला सम्पूर्ण निकायहरुको भूमिका अनिवार्य रहेको बताए ।  

उनले भने, ‘पर्यटकीय सुरक्षा नै पर्यटकको प्रमुख आधारशिला रहेको हुदाँ हरेक पक्षबाट सुरक्षालाई पर्यटनसँग जोड्न जरुरी छ जसले हाम्रो पर्यटन क्षेत्रलाई दिगो रुपमा सञ्चालन गर्नको लागि सहयोग पु¥याउन सक्छ । पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने हुदाँ यसका लागि सरोकारवाला सम्पूर्ण निकायहरुको भूमिका अनिवार्य रहेको छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार