मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

राष्ट्रिय महिला मोर्चाको भैरहवामा बिरोधसभा

Ujyalosandeshonline 10783+ समाचार ( )
१६ चैत्र २०८१, आइतबार

भैरहवा । राष्ट्रिय महिला मोर्चा जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा आईतबार भैरहवामा बिरोध तथा भण्डाफोर सभा सम्पन्न भएको छ । देशमा घटेको राजनैतिक घटनाक्रम र राजावादीहरुको प्रर्दशनको क्रममा काठमाण्डौंमा भएको घटनाको मोर्चाले भैरहवाको मिलनचोकमा सभा गरि बिरोध गरेको हो । 

मोर्चाले नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशक पदबाट कुलमान घिसिङलाई अन्यायपूर्ण तरिकाले हटाएको हुदा उनलाइ निशर्त पुर्नबहाली गर्नुपर्ने मोर्चाले माग राखेको छ । यसै गरि अहिले संघियता बिरोधी कार्य भईरहेको बताउदै कार्यक्रमका वक्ताहरुले यसलाई सरकारले नै बढावा दिईरहेको आरोप लगाए । 

कार्यक्रममा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीकी संघिय उपमहासचिव गीता सारुले मुलुकमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीता लगायत उपलब्धीहरु सानो संघर्ष र बलिदानीले नभइ नेपाली जनताले गरेको लामो संघर्ष र बलिदानीपछि प्राप्त भएको बताइन् । “मुलुकलाई पछाडी धकेल्न खोजिएको छ” उनले भनिन् “मुलुक प्रतिगमनतर्फ होइन, अग्रगमनतर्फ जानुपर्छ ।”

उपमहासचिव सारुले सत्ता चलाउनेहरुकै कारण अहिलेको परिस्थिति सिर्जना भएको दावी गरिन् । उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई नाफामा लगे पनि सरकारमा रहेका दलहरुले जिम्मेवारीबाट हटाएको बताइन् ।

त्यस्तै पार्टीका संघीय परिषद् सचिव तथा राष्ट्रिय मुस्लिम परिषदका महासचिव मोजीब अलीले नेपाली जनतामाथि निरंकुश शासन लाद्न खोजिएको बताए । चैत १५ गते काठमाडौंमा भएको गणतन्त्र विरुद्धको फैलाइएको आन्दोलनको हौवालाई राष्ट्रिय जनमुक्ति पार्टीले नाटकको संज्ञा दिएको बताए । राष्ट्रिय जनमुक्ति पार्टीले यो देशको नेतृत्व गरे नेपाली जनताले दुःख नपाउने र युवालाई विदेशिन बाध्य नपार्ने उनले दावी गरे । वर्तमान सरकारले जनतालाई परिवर्तनको आभास दिलाउन नसकेको सचिव अलीले आरोप लगाए ।

कार्यक्रममा मगर महासंघ केन्द्रीय अध्यक्ष छत्र दर्लामी, राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ, जनमुक्ति युवा महासंघ केन्द्रीय उपाध्यक्ष सुन्दर गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही जिल्ला अध्यक्ष प्रेम बहादुर थापा लगायतले चैत १५ गते काठमाडौंमा भएको घटनाको निष्पक्ष छानीबन र दोषीमागि कारवाही गर्न माग गरे । राष्ट्रिय महिला मोर्चा रुपन्देहीकी अध्यक्ष टीका आलेको अध्यक्षता तथा जनमुक्ति पार्टी तिलोत्तमा नगरपालिकाकी अध्यक्ष राधिका श्रीसको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार