मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

देशमा आन्दोलन चर्किएको छ, ओली बाँसुरी बजाएर बस्नुभएको छ : भुसाल

Ujyalosandeshonline 12456+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सत्तामा रहेका दलहरु काम एकातिर, कुरा अर्कैतिर गर्ने गरेको टिप्पणी गरेका छन् । एकीकृत समाजवादीको ७६ औँ स्थापना दिवसको अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले सत्ता गठबन्धनका प्रमुख घटक एमाले–कांग्रेसदेखि विपक्षी सहयात्री दल नेकपा माओवादी केन्द्रसम्मको आलोचना गरेका हुन् ।

उनले भने, ‘यत्रो आन्दोलन चलिरहेको छ । निरो बाँसुरी बजाएर बस्नु भएको छ, कमरेड ओली । बैशाख ११ गते आइलभयू केपी बा भन्ने रे ! कमरेड केपी हाम्रो हिसाब देऊ, लोकतन्त्रमा यो तहको आक्रमण गरेको हिसाब देऊ भन्नुपर्ने हो र,’उनले थपे, ‘सारा संकटले देश डुब्दैछ । उनलाई नाम चाहिएको छ । एक लाख मान्छे जम्मा भएर ‘केपी बा’भनिदिउनभन्ने अपेक्षा गर्नुभएको छ । त्यो तहमा पुग्ने नेताका लागि, यो तहको आकांक्षा हुनु देशको दुर्भाग्य होइन ?’

साथै उनले शिक्षकको आन्दोलन चलिरहेका बेला उनीहरूका जायज माग सम्बोधन गर्नुको साटो शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको बताए । उनले देशमा उकुसमुकुस निराशाको अवस्था रहेको र त्यही मौकामा पुनरुत्थानवादी र अराजक तत्वहरूले टाउको उठाउन खोजेको भन्दै आलोचना गरे ।

देशमा निराशा बढ्यो : झलनाथ खनाल

यसैगरी नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललेदेश समाजवादी दिशातर्फ रुपान्तरण नहुँदा जनताहरुमा निराशा बढेको बताए । उनले अहिले देशमा विभिन्न वर्ग र  तहका जनताहरुमा असन्तुष्टि बढिरहेको बताए ।

उनले भने, ‘यो देशमा जुन रुपान्तरण गर्नुपथ्र्यो त्यो भएको छैन । नयाँ ढंगले देशको स्थिति विश्लेषण हुनुपर्ने हो । नयाँ नीति, नियम निर्माण गर्नुपर्ने हो । विस्तारै यो  देशलाई समाजवादी दिशातर्फ रुपान्तरण गर्नुपर्ने थियो तरत्यो कुराहरु केही पनि हुन सकेको छैन । जसका कारण जनताहरुमा निराशा बढेको छ, आक्रोश बढेको छ । र जनता विभिन्न आन्दोलनमा उत्रिन थालेका छन् । शिक्षकहरु आन्दोलनमा छन् । विभिन्न वर्गका जनताहरु अहिले आन्दोलनमा छन् । यो आन्दोलनको दायरा प्रत्येक दिन बढिरहेको छ । विभिन्न वर्ग,  तह असन्तुष्ट भएका छन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार