मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

व्यवसाय गर्नेलाई सजिलो वातावरण बनाउछौं : मन्त्री सिंह

Ujyalosandeshonline 12548+ समाचार ( )
१४ श्रावण २०८१, सोमबार

काठमाडौं । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवसाय गर्नेहरुलाई सजिलो वातावरण सिर्जना गर्नको लागि नीति निर्माण गर्ने बताएका छन् । 

सोमबार ३०औँ कार्गो दिवसको उद्घाटन समारोहमा उनले नीति निर्माणको साथै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्ने बताए । 

उनले भने, ‘नेपाल सरकारको तर्फबाट तपाइँहरुको काम गर्दा जुन नीति सम्बन्धी समस्या भोगिरहनु भएको छ । त्यसको लागि खुकुलो पार्नेदेखि लिएर व्यवस्थित गर्नको लागि भूमिका निर्वाह गर्छु । काम र व्यवसाय गर्नेहरुलाई सजिलो होस भनेर नीतिहरु ल्याउने काम वर्तमान सरकारले गरेको छ ।’

उनले वर्तमान सरकारले अर्थतन्त्रलाई अगाडि बढाउने कामहरु गरिरहेको भन्दै कुराभन्दा पनि काम गरेर देखाउने सरकारको मान्यता रहेको बताए । 

उनले भने, ‘तपाइँहरु के कुरामा ढुक्क भएर बस्नु भने अहिलेको सरकारले अर्थतन्त्रलाई अगाडि बढाउने कामहरु गरिरहेको छ । धेरै कुराभन्दा पनि काम गरेर देखाउनु छ । त्यसमा सरकारले गर्नुपर्ने काम हजुरहरुले भन्नुहोला । सयकार्य गरौं ।’ 

यस्तै, उनले काम गर्दा भोग्नु परेको समस्याहरुलाई समय समयमा सरकारलाई जानकारी गराउनुपर्ने भन्दै एउटा कार्यक्रममा भनेर समस्या समाधान हुन्छ भन्ने सोच गलत रहेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार