मुख्य समाचार
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ | स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड |

संस्कृतिलाई जोगाउँदै आउने पुस्तामा हस्तान्तरण गरौं : मन्त्री सिंह

Ujyalosandeshonline 11304+ समाचार ( )
१५ पौष २०८१, सोमबार

काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिहंले पुर्खालेसुम्पिएर गएको संस्कृतिलाई जोगाउँदै आउने पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् । 

सोमबार तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले आउने पुस्तामा संस्कृति हस्तान्तरण गर्नुपर्ने भएकाले वर्तमानमा गरिरहेका गतिविधिलाई अत्यन्तै जिम्मेवार तवरले अगाडि बढाउनुपर्ने बताए । 

उनले भने,‘पुर्खाले हामीलाई छोडेर गएका जुन रितितिथि,परम्परा छन् । त्यसलाई जोगाउनको लागि वर्तमानमा सबै त्यसमा सक्रिय भएर सहभागी भएको खण्डमा जोगिने रहेछ । जसरी हाम्रा पुर्खाले सुम्पिएर गएका संस्कार संस्कृति छ त्यसलाई आउने पुस्ता,नयाँ पिँडीलाई सुम्पिनपर्ने भएकाले वर्तमानमा जे जति गतिविधि गरिरहेका छौं त्यसलाई अत्यन्तै जिम्मेवार तवरले अगाडि बढाउनुपर्छ ।’

त्यस्तै उनले धेरै लामो संघर्षबाट प्राप्त गरेको अधिकारहरुलाई सुरक्षित र संस्थागत गर्दै लैजानुपर्ने भन्दै आउने दिनमा आम नेपाली जनता र राष्ट्रलाई समृद्ध र सम्पन्न राष्ट्र बनाउनतिर सबैले शक्ति प्रयोग गर्नुपर्ने बताए । 

उनले भने,‘सबैले प्राप्त गरेको अधिकार सजिलैसँग प्राप्त गरेको होइन् । धेरै लामो संघर्षबाट प्राप्त गरेको अधिकारहरुलाई सुरक्षित राख्दै र संस्थागत गर्दै ,आउँदै गरेको दिनमा आम नेपाली जनता र राष्ट्रलाई उन्नती र सम्पन्न राष्ट्र बनाउनतिरसबैले शक्ति प्रयोग गर्नुपर्छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार