मुख्य समाचार
मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ | कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा | भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई | हुम्लामा हिमपातले जनजीवन प्रभावित | कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक | नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम |

काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध

Ujyalosandeshonline 12468+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाभित्र निजी सम्पत्ति बाहेक सार्वजनिक स्थलहरु धुम्रपान निषेध गरेको छ ।  शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरपालिकाको गएको असार ३२ गते सम्पन्न भएको नगर सभाबाट महानगरभित्रका सार्वजनिक स्थलहरु धुम्रपान निषेध गर्ने निर्णय गरेको भन्दै यसलाई लागू गर्न श्रावण ९ गतेदेखि महिनाभर प्रचारप्रसार गर्ने र भदौ १ गतेबाट जरिवानामा जाने जानकारी दिए । 

उनले सार्वजनिक स्थलहरुमा धुम्रपान गरिएको पाइएमा पहिलो पटक ५ सय जरिवाना र दोहोराएको खण्डमा उक्त जरिवाना दोब्बर हुने निर्णय पनि भएको पनि जानकारी दिएका छन् । 

उनले भने, ‘काठमाडौं महानगरपालिकाको गएको असार ३२ गते सम्पन्न भएको नगर सभाबाट केही महत्वपूर्ण ऐनहरु पास भएका छन् । जसअन्तरगत प्रशासनिक दण्ड जरिवाना र जफत शिर्षकमा केही जरिवानाहरु पास भएका छन् । विशेषगरि महानगरपालिकाभित्र कुनै पनि सार्वजनिक स्थलहरु सडकदेखि लिएर निजी सम्पत्ति बाहेकका क्षेत्रमा धुम्रपान निषेध गरिएको छ ।

त्यो स्थानहरुमा धुम्रपान गरिएको पाइएमा पहिलो पटक ५ सय जरिवाना र दोहोराएको खण्डमा उक्त जरिवाना दोब्बर हुने निर्णय भएको छ । काठमाडौं महानगरपालिकाभित्र यसलाई व्यापक रुपमा प्रचार गर्दै छौ । आज श्रावण ९ गतेदेखि यो महिनाभर प्रचारप्रसारको काममा लाग्ने छौ र भदौ १ गतेबाट जरिवानामा जादैँ छौ । सुरुमा बुझाउने नमानेको खण्डमा जरिवाना तिराउने गरि अगाडि बढ्दै छौ ।’ 

यसको साथै, उनले तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ् गरेमा सबै किसिमका तीन पांग्रे सवारी साधन मोटरसाईकल, स्कूटरलाई १ हजार, सबै किसिमका चारपांग्रे सवारी साधन (कार, जीप, डेलिभरी भ्यान) लाई २ हजार ५ सय, सबै किसिमका मझौला सवारी साधन (मिनीबस, मिनीट्रक आदि) लाई ३ हजार ५ सय, सबै किसिमका ठूला सवारी साधन (बस, ट्रक, लहरी आदि) लाई ५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय पनि भएको बताए । 

उनको अनुसार,पर्चा, पम्प्लेट, पोष्टर, स्टिकर सार्बजनिक स्थानमा टाँस गरेमा तथा सार्वजनिक स्थलमा ब्रोसर तथा प्रचार समाग्री बितरण गरी फोहर गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ भने गल्ती दोहोरिएमा प्रतिपटक दोब्बर हुने निर्णय पनि भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार