मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’

Ujyalosandeshonline 12320+ समाचार ( )
६ श्रावण २०८३, बुधवार

गण्डकी । घरगाउँमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्राण्डिङ र बजारीकरण गरिएको छ । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीस्थित आदानप्रदान कृषि सहकारी संस्था लिमिटेडले पिठो प्रशोधन, ‘लेबलिङ’ तथा ‘प्याकेजिङ’ गरी बिक्रीवितरण सुरु गरेको हो । किसानले उत्पादन गरेको कोदो र फापरलाई प्रशोधन गरी गुणस्तरीय प्याकेजिङसहित बजारमा ल्याइएको सहकारीका अध्यक्ष नन्दलाल पाध्यायले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयको ७५ प्रतिशत अनुदान सहयोगमा उपकरण पाएपछि सहकारीले ‘लेबलिङ’ तथा ‘प्याकेजिङ’को काम सुरु गरेको उहाँको भनाइ छ । 

स्थानीय उत्पादनको बजारीकरणसँगै किसानलाई आयआर्जनसँग जोड्न पिठोलाई ब्राण्डिङ गरिएको अध्यक्ष पाध्याले बताउनुभयो । सहकारीले फापरको पिठो प्रतिकिलो रु २६० र कोदोको पिठो प्रतिकिलो रु १६० निर्धारण गरेको छ । पहिलो चरणमा ५० किलो कच्चा पदार्थबाट पिठो उत्पादन, प्रशोधन र प्याकेजिङ सुरु गरिएको जनाइएको छ । उक्त काममा सहकारीका दुई कर्मचारीसहित पदाधिकारी र सदस्यसमेत आफँै खटिने गरेका छन् ।

कोदो र फापर खेतीको अवस्था र बजार मागलाई हेरेर उत्पादनलाई थप वृद्धि गर्दै लैजाने योजना रहेको अध्यक्ष पाध्याले बताउनुभयो । बजारमा आउने तयारी वस्तुको तुलनामा स्थानीय उत्पादनको लागत बढी हुनाले बजार व्यवस्थापन नै मुख्य चुनौतीका रूपमा रहेको उहाँको भनाइ छ । स्वादिष्ट र स्वास्थ्यवद्र्धक हुने भएकाले स्थानीय उत्पादनतिर उपभोक्ताको आकर्षण बढ्ने सहकारीको विश्वास छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार