मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

सम्मरीमाई गाउँपालिकाले ५ लाख बराबरको राहत सामग्री पठाउने

Ujyalosandeshonline 12337+ समाचार ( )
२० कार्तिक २०८०, सोमबार

भैरहवा । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाको कार्यालयले जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भुकम्पपीडितहरुको राहत तथा पुर्नस्थापन लगायत कार्यका लागि ५ लाख बराबरको सामाग्री सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको गाउँकार्यपालिकाको बैठकले सो निर्णय गरेको गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले बताए ।

कार्तिक १७ गते शुक्रबार राती ११:४७ बजेको समयमा गएको भुकम्पले बढी क्षति पुर्याएको जाजरकोट र रुकुम पश्चिम जिल्लाका पीडितहरुका लागि विपद् व्यवस्थापन कोषमा वा संघीय सरकारले तोकेको मापदण्डअनुसार ५ लाख रुपैयाँको सहयोग सामग्री प्रदान निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश चौधरीले जानकारी दिए ।

त्यस्तै बैठकले गाउँपालिकाका जनप्रतिनिधिले १० दिनको सुविधा र कार्यालयमा कार्यरत कर्मचारीहरुले १ दिन बराबरको पारिश्रमिक जिल्लाको विपद् व्यवस्थापन कोषमा वा संघीय सरकारले तोकेको मापदण्डअनुसार उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिए । भुकम्पले मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार