मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह

Ujyalosandeshonline 12548+ समाचार ( )
१ जेठ २०८१, मङ्गलबार

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवहाक राजदूत डा. सेवास्टीयन डोमजाल्स्कीबीच भेटवार्ता भएको छ । 

दुई मुलुकबीच कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा द्धिपक्षीय आर्थिक सम्बन्ध विस्तार एवं लगानी प्रवर्धनबारे छलफल भएको हो । 

डा. डोमजाल्स्कीसँगको भेटका क्रममा चेम्बर अध्यक्ष कमलेश अग्रवालले नेपालको ग्रीन हाइड्रोजनमा लगानीका लागि आग्रह गरेका छन् । उनले भने, ‘नेपालमा ग्रीन हाइड्रोजन उत्पादनको सम्भावना उच्च छ । विश्वमै ग्रीन हाइड्रोजनको माग उच्च छ । पोल्याण्ड नेपालको पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक भएकाले पनि नेपाल लगानीका लागि आकर्षक गन्तव्य भएको जानकारी गराउछु ।’

यस्तै, चेम्बर पदाधिकारीसँगको भेटका क्रममा आवासीय कार्यवहाक राजदूत डा. सेवेस्टियनले नेपालमा पाइने चिया र कफीको बजारको सम्भावना खोज्न सकिने बताए । 

दुई देश बीचको कूटनीतिक सम्बन्ध निकै पुरानो भएकाले आर्थिक दृष्टिकोणले पनि फाइदा खोज्नुपर्ने उनको भनाइ छ । आवासीय राजदूत डा सेवस्टियनसँगको भेटमा अध्यक्ष अग्रवाल, वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा, उपाध्यक्षहरु उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, निलकण्ठ चौलागाई एवं सन्तोष पाण्डे सहभागी थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार