सम्मरीमाई ७ नम्बर वडा कार्यालयद्वारा विद्यार्थीहरुलाई पोशाक वितरण

जैसमोहम्मद खान 73+ समाचार ( )
२० पौष २०८०, शुक्रबार

मर्चवार । सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ ले सामुदायिक विद्यालका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । उक्त वडा भित्र रहेको श्री पशुपति आधारभुत विद्यालय सम्मरीमाई ७ रामनगरमा अध्यरत विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो ।

“बालबालिकामा लगानी सुनिश्चत भविष्यको थालनी“  भन्ने नाराका साथ शुक्रबार एक कार्यक्रमका बिच वडा कार्यालयको अयोजनामा उक्त विद्यालयमा अध्ययनरत ४ सय ४२ विद्यार्थीहरुलाई विद्यालयले तोकेको रंगको पोशाक वितरण गरिएको सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष राधेश्याम कुर्मीले जानकारी दिएका छन् । 

अधिकांस सामुदायिक विद्यालयमा सामान्य परिवारका बालबालिकाहरु अध्ययन गर्ने भएकोले पोशाकमा लाग्ने खर्च बचाउन उद्देश्यले वडा कार्यालयले पोशाक वितरण गरेको वडाध्यक्ष कुर्मीले बताए ।

पोशाक वितरण गर्दै सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले वडा कार्यालयले विद्यार्थीहरुलाई पोशाक वितरण गरेको कार्य प्रशंसनीय रहेको बताए । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन गाउँपालिकाले प्रयासरत रहेको बताउदै विद्यालय र विद्यार्थीहरुको निगरानी बढाउन अभिभाकहरुलाई आग्रह गरेका थिए । 

बढदै गरेको चिसोबाट जोगिन साथै नियमित विद्यालय आउन विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष श्रीवास्तवले आग्रह गरेका थिए । कार्यक्रममा सम्मरीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरी, विद्यालयका प्रधानाध्यापक श्रीनेवास पाल लगायतकाले मनतब्य राखेका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार