मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

Ujyalosandeshonline 12437+ समाचार ( )
३० श्रावण २०८३, शनिबार

गण्डकी । गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न यतिबेला गृहजिल्ला गोरखामा हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का नागरिकका घरदैलोमा पुगी उहाँले स्थानीयस्तरमा भइरहेका विकास गतिविधि, सार्वजनिक सेवा प्रवाहलगायत विषयमा छलफल गर्नुभएको हो । 

शुक्रबार गोरखा आइपुग्नुभएका गृहमन्त्री गुरुङले विकास आयोजनाको अनुगमनसहित जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताउनुभयो । “गृहमन्त्रीको कुनै औपचारिक कार्यक्रम छैन, निर्वाचन क्षेत्र भ्रमणका सिलसिलामा आउनुभएको हो”, उहाँले भन्नुभयो, “नागरिकसँग प्रत्यक्ष भेटघाट र संवाद गरिरहनुभएको छ ।”

शनिबार भीमसेन थापा गाउँपालिकाका स्थानीयवासीले सुकुमवासी व्यवस्थापन, नदी डुबानको समस्यालगायत विषय उठाएका थिए । गृहमन्त्री गुरुङले स्थानीयवासीका समस्या र गुनासा समाधानका लागि पहल लिने प्रतिबद्धता जनाउनुभएको थियो । सडक पूर्वाधार, खानेपानी, विद्युत्, सुरक्षा, रासायनिक मल अभाव, विपद् व्यवस्थापन, सार्वजनिक सेवा प्रवाहलगायत विषयमा गृहमन्त्री गुरुङ र स्थानीयवासीबीच छलफल भएको थियो । 

भेटघाटका क्रममा उहाँले नागरिकले भोग्दै आएका समस्या पहिचान गरी सम्बन्धित निकार्यमार्फत यथाशक्य छिटो समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । गृहमन्त्री गुरुङले शान्ति सुव्यवस्था कायम गर्दै राज्यका सेवासुविधा छिटो, छरितो र पारदर्शी ढङ्गले नागरिकसम्म पुर्‍याइने बताउनुभयो । गृहमन्त्री गुरुङ आइतबारसम्म आफ्नो निर्वाचन क्षेत्रमा रहने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार